लोकसेवा गुरुको ‘महापतन’

भनिन्छ वेइमान र भ्रष्टाचारबाट आर्जित धनले ११ बर्षसम्म मोजमस्ती गर्न सकिएला र १२ बर्ष लागेपछि सावा व्याजसहित भुक्तान गर्नुपर्दछ । यस्तै वेइमानबाट सम्पत्ति आर्जन गरेर बदनामी कमाएका पूर्व सहसचिव,जस्ले लेखेका पुस्तक पढेर वा घोकेरै धेरैले निजामती सेवामा नाम समेत निकालेका छन्,उनै लोकसेवाको गुरु चुडामणि शर्मा अहिले सावा र व्याज नै फिर्ता गर्नुपर्ने स्थितीमा पुगेका छन् ।अदालतले तोकेको बिगो र जरिवाना वापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका हुन् ।

बिज्ञापन

भ्रष्टाचार कसुरमा विशेष अदालतबाट दोषी ठहर भएका पूर्वप्रशासक चुडामणि शर्माले  हालै आत्मसमर्पण गरेका छन् । धरौटी तिर्न नसकेपछि उनले शुक्रवार डिल्लीबजार कारागारमा चलान भएका छन् । विशेष अदालतले गत वर्ष शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनलाई बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७० लाख रुपैयाँ तिराउन आदेश गरेको छ । बिगो र जरिवाना वापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका हुन् ।

बिज्ञापन

भ्रष्टाचार मुद्दामा विशेष अदालतले तोकेको बिगो बुझाउन नसक्दा सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भए। उनी आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक समेत हुन्। विशेषको फैसलाविरुद्ध उनी पुनरावेदनका लागि सर्वोच्च अदालतमा उपस्थित भएका थिए। तर उनले बिगो बराबरको बुझाउन सकेनन्। अनि कारागार चलान भएका हुन । विशेषका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गर्दै तिनै जना प्रतिवादीसँग दामासाही रूपमा बिगो भराउने फैसला गरेको थियो। बिगो दामासाहीले भाग लगाउँदा हरेकको भागमा २ अर्ब ५ करोड ४६ लाख पर्छ। बिगोको दोब्बर सजायहुँदा रकम प्रतिव्यक्ति ४ अर्ब १० करोड पुगेको थियो।

३० अर्ब ५२ करोड रुपैंयाको राजस्व फस्यौंट गर्दा ९ अर्ब ५४ करोड रुपैंयामात्रै राज्यकोषमा दाखिला भई अरु रकम अनियमित ढंगले मिनाहा भएको घटनामा शर्मा मुछिएका हुन् । शर्मा यस अघि आन्तरिक राजश्व विभागको महानिर्देशक थिए । सचिव बन्ने लाइनमा रहेका उनी यही प्रकरणमा डामिएर निलम्बनमा परेका थिए । अख्तियारले ७४ सालमै यो मुद्धा अगाडि बढाएको थियो ।

बिज्ञापन

निजामती सेवामा प्रवेश गर्न चाहने प्रतिस्पर्धीमाझ पुस्तक लेखकका रुपमा परिचित शर्माको विगत पनि राम्रो रहेन । सुनसरीको प्रजिअ हुँदा सुगम ग्यासको फुटरिङ कटिङजस्तो संवेदनशिल कालोबजारी मुद्दामा मिलेमतोमा मुछिए । ललितपुरको सिडिओ हुँदा गैरकानूनी रुपमा ढुंगाखानी सञ्चालनको अनुमती दिने निर्णयका कारण विवादमा तानिए । काठमाडौंको प्रमुख जिल्ला अधिकारीदेखि सम्पत्ति शुद्धीकरणको हाकिम भएर जहाँ जहाँ बसे,त्यही विवादमा फसे ।सम्पत्ति शुद्धीकरणमा रहँदा अधिकृत शम्भु चालिसे १० लाख रुपैंयाँ घुस सहित पक्राउ परेको घटनामा शर्माको समेत नाम जोडियो । आन्तरिक राजस्व विभागको महानिर्देशक भइसकेपछि शर्मा ३३ अर्ब रुपैयाँ पुजीगत लाभकर छली गरेको दुरसंचार कम्पनी एनसेललाई उन्मुक्ति दिन पनि मुख्य भुमिका निर्वाह गरेका आरोप लाग्दै आएको थियो ।

स्याङ्जामा जन्मेका शर्माको काठमाडौंको बूढानिलकण्ठमा अलिसान बंगला ठडाएका छन् । उनको निवाससम्म पुग्न ५–६ वटा गेट पार गर्नुपर्छ । शर्माको घर करीव २५ रोपनी जग्गामा फैलिएको छ । सो घरमा शर्माले पत्नीलाई तरकारी किन्न जानका लागि ५० लाखको गाडी किनिदिएका चर्चा एक समय व्यापक थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष