लेखापालको शैक्षिक प्रमाणपत्र नक्कली,अख्तियारले चलायो मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा एक लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ ।

बिज्ञापन

अख्तियारले नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल सुधीरकुमार चतुर्वेदीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर गरेको छ । चतुर्वेदी २०६६ कात्तिक ९ मा सेवा प्रवेश गरेका थिए ।

बिज्ञापन

उनी क्लर्क (लेखा तह–घ) पदमा पदस्थापन भएका चर्तुर्वेदी त्यसपछि बढुवा भई सहायक लेखापाल बनेका थिए । सेवा प्रवेश गर्दा चर्तुर्वेदीले विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा तह द्वितीय श्रेणीमा उत्तीर्ण गरेको लब्धांक पत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण बिहारबाट जारी आचरण प्रमाण–पत्रलगायत शैक्षिक योग्यताका कागजात पेस गरेका थिए । अनुसन्धानका क्रममा उनले पेस गरेका सबै कागजातहरु नक्कली भएको भेटिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

सहायक लेखापाल (तह–४) मा बढुवा भएका चतुर्वेदीले भारतबाट ल्याएर नक्कली शैक्षिक योग्यताका प्रमाण–पत्रहरू पेश गरेको पाइएको अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइ विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो ।

कानुनको यो दफाविरुद्धको कसुर गरेमा ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैँयादेखि २० हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ । दफा १६ को उपदफा १ मा ‘कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झुट्टा विवरण दिएमा वा सो सम्बन्धी झुट्टा प्रमाणपत्र पेस गरेमा निजलाई कसुरको मात्रा अनुसार छ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिबाना हुने अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

बिशेष