सिनियर कर्मचारीहरुलाई वाइपास गर्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नियुक्त भएका प्रदीप अधिकारीलाई जिम्मेवारीबाट हटाउने प्रक्रिया शुरु भएको छ । मन्त्री बद्री पाण्डेले उनलाई हटाउने प्रक्रिया शुरु भएको जनाएका हुन ।
बिज्ञापन
सांसदहरुले नेपाल नागरिक उड्डन प्राधिकरणको महानिर्देशकको राजीनामा माग गरेका छन् । पछिल्लो दुई सातामा नेपालमा दुई ठूला हवाई दुर्घटना भएका छन्। दुई दुर्घटनामा परी २२ जनाको ज्यान गएको छ। गत साउन ९ गते काठमाडौँबाट पोखराका लागि उडेका सौर्य एयरलाइन्सको सीआरजे सेभेन विमान दुर्घटना हुँदा १८ जना मृत्यु भएको थियो। यसैगरी बुधबार नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको नाइन एनएजेडी हेलिकप्टर दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ।
यी दुर्घटनामा नियामक निकायको कमजोरी देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी)लाई निलम्बन गरेर छनबिन गर्नुपर्ने माग संसदीय समितिको बैठकमा सांसदहरुले गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्ने संसदहरुले डिजीको राजीनामा मागेका हुन । यसरी राजीनामा माग्नेमा सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँ, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा र स्वतन्त्र सांसद प्रभु साहसम्मका सांसदहरु रहेका छन् ।
संसद धबल संशेर राणाले माहतका कर्मचारीलाई निलम्बन गरेर कारबाही गर्नुपर्ने बताए । यस्तै संसद शिशिर खनालले पनि नियामक कै कमजोरीले हवाई दुर्घटना बढेको बताए । उनले क्यान नेतृत्वमाथि कारबाही गर्ने प्रस्ताब ल्याउनुपर्ने बताए । अर्का सांसद प्रभु साहले देशको हवाइ क्षेत्र कमजोर भएको र हवाई क्षेत्र मान्छे मर्ने निकाय भएको भन्दै भन्दै क्यान नेतृत्वलाई प्रश्न गरे । यस्तै अर्का सांसद राजेन्द्र बजगाईंले क्यानका डीजीले हवाई क्षेत्र सुधारको काम गर्न नसक्ने भन्दै सांसद बजगाईंले अधिकारीको राजीनामा माग गरे ।
बिज्ञापन
यस्तै,नेपाली कांग्रेसका सांसदहरुले विमलेन्द्र निधिले भने हामीले आयोगमात्रै बनाएर हुँदैन । जबसम्म पदाधिकारी कायमै रहन्छन् । जति आयोग बनायो उहाँहरु खुसी हुनुहुन्छ । छानबिनको अर्थ के ? उहाँहरु रहिरहनुहुन्छ पहिले तत्कालै पदाधिकारीलाई पदमुक्त गरियोस्, निलम्बन गरेरमात्रै छानबिन गरियोस् । तत्कालै आवश्यक एक्सनमा जानुहोस्, मन्त्रीज्यू ।”
यस्तै समितिको बैठकमा उपस्थित रहेका मन्त्री बद्री पाण्डेले पछिल्ला घटनाको नैतिक जिम्मेवारी लिएर महानिर्देशकले छाड्दा राम्रो हुने आशय व्यक्त गरे । उनले नैतिकता व्यक्तिमा निहीत हुने भएकाले यसमा आफूले बाध्य पार्न नसक्ने भन्दै नेतृत्वमाथि कारबाहीका लागि भोलि कुनै प्रक्रियाबाट उल्टिन नसक्ने उपाय आफूले खोजिरहेको बताएका थिए ।


































