मेडिकल बोर्डबाट नक्कली सिफारिस ल्याउनेहरुकै हालिमुहाली,वीरमा पस्यो सतर्कता

मुलुककै पूरानो र ठूलो सरकारी अस्पतालमा व्यापक अनियमितता भएको गुनासो र उजुरी पछि राष्ट्रिय सतर्कता केन्द्र वीर अस्पतालमा प्रवेश गरेको छ । नियम कानुनको बर्खीलाप हुने गरी अस्पतालकै निर्देशक (डाक्टर)ले निजी मेडिकलमा लगानी गरेको,सहायक प्राध्यापक र उपप्राध्यापकको उपाधि पाउँदा समेत गडबडी गरेको,अस्पतालको निर्देशक रहँदा राजनैतिक दलको संगठित सदस्य तथा जनसंगठनको महासचिवको हैसियतले कामकाज गरेको समेत लगायतका उजुरीसहित केन्द्रमा उजुरी परेसँगै केन्द्रले छानबिन अगाडि बढाएको हो ।

बिज्ञापन

केन्द्रका अनुसार,वीर अस्पतालका निर्देशक पौडेलसहित विभिन्न अनियमितताका विषयमा परेको उजुरी उपर छानबिन गर्न प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक बुद्धिराम खनाल र शाखा अधिकृत बोमबहादुर परियारसहित तीन सदस्यीय विस्तृत छानबिन समिति गठन गरिएको छ ।
केन्द्रले पटक पटक अनियमितता तथा गुनासो बारेमा अस्पतालसँग जवाफ माग गरे पनि अस्पतालले जवाफ नदिएपछि केन्द्रले छानबिन समिति नै गठन गरेर छानबिन शुरु गरेको केन्द्रले जनाएको छ ।
गत साउन १८ गते उपकुलपतिलाई पत्र लेखेर सतर्कताका प्रहरी नायब उपरीक्षक बुद्दिराम खनालले १५ बुँदामा जवाफ खोजेका छन् । पत्रमा प्रतिक्रियासहितका प्रमाणित कागज पठाउन पनि भनिएको छ । स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ११२ लाई पल्टाउने हो वा निजामती ऐन २०४९ दफा ४८ अनुसार कुनैपनि सरकारी कर्मचारीले आफ्नो नाममा व्यापार सञ्चालन गर्न नपाउने उल्लेख छ । कुनैपनि राष्ट्र सेवकले आफ्नो वा अरुको नाममा कुनैपनि कम्पनी, फर्म वा संस्थाको हिस्सेदार भएमा कसुरबमोजिम कारबाहि हुने व्यवस्था भ्रष्टाचार निवारण ऐन २०५९ दफा १४ मा उल्लेख छ । तर यस्ता ऐनको धज्जी उडाउँदै डा सन्तोष पौडेल निर्वाध रुपमा दुई दुई वटा फार्मेसी सञ्चालन गरिरहेका छन् ।

बिज्ञापन

डा। पौडेल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकको रुपमा २०७९ फागुनमा नियुक्त भएका थिए । डा। पौडेल अर्थोपेडिक सर्जन, हुन् । एमाले निकट भएकै आधारमा उनले त्यहाँ नियुक्ति खाएका हुन भने भातृ संगठनका नेता समेत हुन । बीर अस्पतालका डाक्टर डा। पौडेल अल्का हस्पिटल फार्मेसी प्रालीको शेयर सदस्य, सञ्चालक र अध्यक्षसमेत रहेको प्रमाण फेला पारेको छ । प्राप्त प्रमाणअनुसार डा पौडेलको उक्त फार्मेसीमा कित्ता नं। ३७००१ देखि ७४००० सम्म जम्मा ३७००० कित्ता शेयर रहेको विवरण हामीसँग सुरक्षित छ । उनले त्यहाँ ३७ लाख रुपैयाँ लगानी गरेका छन् ।कम्पनी रजिष्ट्राको कार्यालयले उपलव्ध गराएको विवरण अनुसार,७९ पुस १ गते ३७०० कित्ता ३७ लाख, ८० भदौं ४ मा थप ७४ लाख कित्तामा थप ७४ लाख लगानी उनले उक्त फार्मेसीमा गरेकाछन् । सञ्चालक एवम् शेयरधनीको रुपमा रहेका डा। पौडेल उक्त फार्मेसीको विभिन्न बैठक तथा छलफलहरुमा उपस्थित रहेको र विभिन्न निर्णयमा हस्ताक्षर गरेको प्रमाण हामीसँग सुरक्षित छ । यस्का अलवा उनले ललितपुरकै पुल्चोकस्थित सुमेरु सिटि अस्पतालमा पनि फार्मेसी संचालन गरेका छन् । त्यहाँ उनले आफ्नी श्रीमती क्रान्ति बुर्लाकोटीको नाममा फार्मेसी संचालन गरिरहेका छन् ।

बिज्ञापन

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले नियम विपरीत औषधि सञ्चालन गरेको भन्दै अस्पतालका कर्मचारीहरुले नियमानुसार कारबाही गर्न माग गरेका छन् । कर्मचारीहरुले पौडेलले सञ्चालन गरेको औषधि पसलको फेहरिस्त सार्वजनिक गर्दै सम्बन्धित सबै निकायलाई कारबाही गर्न माग गरेका हुन् । उनीहरुले गत जेठ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतलाई पत्रसमेत लेखेका छन् । एमालेको समयमा राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख रहेको बेला भएका स्वास्थ्य उपकरण खरिदमा मुछिएरमा अख्तियार दुरुपयोगमा मुद्धा खेपिरहेका पौडेलका यी गतिविधिहरु छानविनको माग गर्दै वीर अस्पतालका कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायमा उजुरी दिएका थिए । सो उजुरी उपर केन्द्रले छानबिन अगाडि बढाएको हो ।

यस्का अलवा अस्पतालमा कार्यरत रहेका नक्कली मेडिकल वोर्डको सिफारिस बनाएर वीरमै कार्यरत रहँदै आएका कर्मचारी उपरसमेत छानबिन प्रक्रिया अगाडि बढाइएको केन्द्रले जनाएको छ । कर्मचारी समायोजन हुँदा २०७६ सालमा बिरामी नरहेपनि संघमा रहनका लागि मिलेमतोमा मेडिकल बोर्डको सिफारिश बनाई संघ पुल फाजिल दरबन्दीमा अस्पतालमा रहेका अहेब टीकाराम पनेरु (कर्मचारी संकेत नम्बर १६८०००) र युवराज सुवेदी (कर्मचारी संकेत नम्बर १६९६०८) लाई मिलेमतोमा मालदार ठाउँमा राखेको आरोप लगाइएको छ ।

यस बारेमा अख्तियारले समेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सँग जवाफ माग गरेको न्याम्स स्रोत बताउँछ । कर्मचारी समायोजन हुँदा संघमा बस्न फर्जी मेडिकल बोर्ड (हुँदै नभएको बिरामी) सिफारिस बनाएर (गम्भीर ढाड र घुँडाको रोग लागेको सिफारिस बनाएको), बिना दरबन्दी वीर अस्पतालमा टिकाराम पनेरु र युवराज सुवेदी कार्यरत रहेकोसमेत अस्पताल स्रोत बताएँछ ।

अस्पतालमा अनियमित कर्मचारी भर्ना, मेडिकल स्टोरका टीकाराम पनेरु र युवराज सुवेदीले टेन्डरमै स्पेसिफिकेशननै व्यापारीलाई हुने गरी तयार गरी आफू निकट व्यापारीलाई महँगोमा टेन्टर दिएर कमिसन लिने, अनुदानमा आएको समान बिल बनाएर अस्पतालबाट भुक्तानी गरी रकम खाने, आफू निकट व्यापारीसँग सामान कोटेशनमा खरिद गर्ने, अस्पताल फार्मेसीले टेन्डर गरेर सप्लाई गर्नु पर्ने सामान मेडिकल स्टोरले नियम विपरीत आफैँ सिधै खरिद गर्ने लगायतका आरोपहरु उपर केन्द्रले छानबिन अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा (सूचीसहित)

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आह्वान

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कर्मचारीहरूको गाडी थुत्ने: मन्त्रीका स्वकीय गाडीमा राज गर्ने

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बिशेष