असोजभित्रैमा संघीय निजामती सेवा ऐन ल्याइने मन्त्रीको दावी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले असोज अगावैं संघीय निजामती सेवा ऐन पारित गर्ने दावी गरेको छन् ।पूर्व प्रशासक,बहालवाला प्रशासकहरुलाई साक्षी राखेर मन्त्री गुप्ताले अबको साढे दुई महिनाभित्रैमा संघीय निजामती सेवा ऐन ल्याइने दावी गरेका हुन ।

बिज्ञापन

राजधानीमा आज आयोजित कुशल प्रशाशक एबं ब्यबस्थापक हेमबहादुर मल्ल सम्मान अर्पण कार्यक्रमामा मन्त्री गुप्ताले साढे दुई महिनाभित्रै निजामती ऐन सङ्घीय संसद्बाट पारित गर्ने गरी काम भइरहेको दाबी गरेका हुन । उनले भने, “मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो प्राथमिकतामा सङ्घीय निजामती ऐनलाई टुङ्गोमा पुर्याउने राखेर काम गरिरहेको सुनाए । उनले नेपाल जनप्रशासन संघले दिएको सुझाब अनुसार ऐन ल्याउने कोसिस गर्ने समेत बताए ।

बिज्ञापन

नेपाल जन प्रशासन संघले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका संस्थापक अध्यक्ष एव कुशल व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा वि स २०७९ मा हेमबहादुर मल्ल सम्मान स्थापना गरेको हो। मल्लको ०५७ कार्तिक १२ मा हृदयघातका कारण भारतमा निधन भएको थियो। मल्लले करिब २५ वर्षसम्म साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा नेतृत्व गरेका थिए ।पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिको लागि पुर्‍याएको योगदानको कदरस्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ डा भेषबहादुर थापालाई प्रदान गरिएको हो । पुरस्कारको राशी दुई लाख रहेको छ ।

यस सम्मान छनौटका लागि नेपाल सरकारका पूर्व सचिव एवं पूर्व अर्थ मन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा एक सम्मान छनौट समिति गठन गरिएको थियो। सो समितिमा नेपाल जनप्रशासन संघका तत्कालीन् अध्यक्ष कृष्णहरि वास्कोटा, साल्ट ट्रेडिङ कपर्पोरेशन लिमीटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्व सचिव शिशिर कुमार ढुंगाना सदस्य रहेका थिए।

बिज्ञापन

हेमबहादुर मल्ल सम्मान २०५९ सालमा स्थापना भएको हो। यो सम्मान यसअघि विभिन्न क्षेत्रका १९ जना व्यक्तिहरुलाई प्रदान गरिएको थियो।

अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, स्व अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढु‌ङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसकेका छन्।

डा भेषबहादर थापा यो सम्मानबाट सम्मानित हुने २०औ व्यक्ति हुन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष