निजामतीको रिकभर,शिक्षकको ह्याक

देशैभरका बहालवालादेखि अवकाश प्राप्त कर्मचारी,शिक्षकहरुसँग सम्बन्धित संवेदनशील व्यक्तिगत विवरण राखिएको वेबसाईट असुरक्षित भएको भेटिएको छ ।महिना दिन पनि भएको छैन,निजामती कर्मचारीहरुको आधिकारिक विवरण रहने निजामती किताबखानाको वेवसाइड नै ह्याक भएको । यो घटना सेलाउन नपाउँदै फेरि शिक्षक किताबखानाको वेव साइड ह्याकको निशानामा परेको छ । पछिल्लो चीन चार दिनदेखि शिक्षक किताबखानाको वेवसाइड ह्याकरको निशानामा परेका कारण रिकभरको प्रयास भइरहेको शिक्षक किताबखानाले जनाएको छ । देशभरका स्थायी निजामती कर्मचारी देखि शिक्षकको वैयक्तिक विवरण राख्ने, पेन्सनको सिफारिस गर्ने तथा उपदान र सञ्चित रकम वितरण गर्ने जिम्मेवारी पाएको किताबखानाको वेवसाइड ह्याकरको निशानामा परेको हो । देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाखभन्दा बढी शिक्षकहरुको विवरण रहने निकायको वेबसाइड ह्याक भएको कार्यालयले जनाएको छ ।

बिज्ञापन

यस अघि अघिल्लो महिनामात्र निजामती किताबखानाको वेव साइडसमेत ह्याक भएको थियो । सिंहदरबारभित्र रहेको डाटा सेन्टरको ब्याकअप (सहायक) को रुपमा हेटौंडामा रहेको डाटा सेन्टरबाट लामो मेहनत पछि निजामती किताबखानाको वेवमा रहेको डाटा ब्याकअप गराइएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

बिशेष