सिडियोको कार्यसम्पादन :- ललितपुर १२, काठमाडौं- भक्तपुर २१ औं स्थानमा

काठमाडौं उपत्याकाका तीन जिल्ला काठमाडौं,ललितपुर,भक्तपुरमध्ये कार्यसम्पादनमा ललितपुरको प्रमुख जिल्ला अधिकारी अब्बल देखिएका छन् । गृह मन्त्रालयले देशैभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको कार्यसम्पादन रिर्पोट केलाउँदा उपत्यकामा तीन जिल्लामध्ये ललितपुरको प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादन राम्रो देखिएको हो ।

बिज्ञापन

गृहले तयार पारेको प्रतिवेदन अनुसार,ललितपुर १२ औं स्थानमा छ भने भक्तपुर २१ औं र काठमाडौै पनि २१ औं स्थानमा रहेको प्रतिवेदनमा सार्वजनिक गरिएको छ । ललितपुरले ९६ दशमलव १२५ अंक हासिल गरेको छ । ललितपुरको प्रमुख जिल्ला अधिकारीको भूमिकामा अहिले तुलसीबहादुर श्रेष्ठ कार्यरत रहेका छन् ।
यस्तै,काठमाडौं र भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुले २१ औं स्थानमा छन् । भक्तपुरको प्रमुख जिल्ला अधिकारीले कार्यसम्पादनमा ९४ दशमलव ६८ अंक पाउँदा काठमाडौंले ९४ दशमलव ५६ अंक पाएको गृहले जनाएको छ ।
भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा रोशनी कुमार श्रेष्ठ कार्यरत छिन् । उनी २०८० आश्विन ४ देखि भक्तपुर जिल्ला प्रशासन कमाण्ड गरिरहेकी छिन । यस्तै काठमाडौंको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत छन्, उनी ०८० असार २१ देखि काठमाडौंको प्रमुख जिल्ला अधिकारीको कुर्सीमा छन् ।

बिज्ञापन

गृहको रिर्पोट कार्ड अनुसार,सबैभन्दा अब्बल रुपन्देही जिल्ला प्रशासन देखिएको छ । यस्तै कार्यसम्पादनमा उत्कृष्ट १० जिल्लामा पाल्पा,बागलुङ,पश्चिम रुकुम, मकवानपुर, पर्वत जिल्ला रहेका छन् । यस्तै गुल्मी प्रशासन,तेह्रथुम,रोल्पा,सोलुखुम्बु र डडेलधुरा जिल्ला प्रशासन टप टेनभित्र पर्न सफल भएका छन् ।

गृहको रिर्पोटकार्ड अनुसार,पाल्पा जिल्ला प्रशासनले ९७ दशमलव ७५ अंक ल्याएको छ भने बागलुङले ९७ दशमलव ६२, पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७ दशमलव ५ ल्याएको । यस्तै मकवानपुर जिल्ला प्रशासन र पर्वत जिल्ला प्रशासनले समान ९७ दशमलव ३७ अंक ल्याएका छन् । यस्तै गुल्मी जिल्ला प्रशासनले ९७ अंक ल्याउँदा तेह्रथुमले ९७ दशमलव ८७,रोल्पालेर ९७ दशमलव ७५, सोलुखुम्बु ९६ दशमलव ५८ र डडेलधुरा जिल्ला प्रशासन ९६ दशमलव ४३ अंक ल्याएका छन् । कार्यसम्पादन मूल्याकंनको रिर्पोट कार्ड अनुसार पुच्छरमा धनुषा जिल्ला प्रशासन रहेको छ । धनुषा जिल्ला प्रशासनले ७६ दशमलव २५ अंक ल्याएको छ ।

बिज्ञापन

गृहले हरेक बर्ष मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुबीच कार्यसम्पादन सम्झौता गर्दै आएको छ । उक्त सम्झौताका आधारमा विभिन्न परिसूचकहरूलाई मुल्यांकनलाई आधार मानी प्रत्येक बर्ष कार्यसम्पादन मुल्यांकनको प्रतिवेदन तयार गर्दै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

अब कर्मचारी दलीय गतिविधिमा आवद्ध भए सिधै बर्खास्त,भविष्यमा सरकारी सेवाका लागि अयोग्य

ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डे पक्राउ

निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन

यस्तो छ संघीय निजामती सेवा विद्येयकको मस्यौदा,के के छ नयाँ व्यवस्था ?

प्रमुख प्रशासकीय अधिकृत संघले पठाउने,प्रदेशले खटाउने

संघीय निजामती विधेयकमा सरकारका ५० नयाँ व्यवस्था

यस्ता छन्,निजामती सेवा विद्येयकमा प्रस्ताव गरिएका २ दर्जन नयाँ व्यवस्था

बिशेष