६ महिनामै खेदिए महानिर्देशक

६ महिना नबित्दै उर्जा विभागका महानिर्देशक परिवर्तन भएका छन् । यस अघि गत माघमा मात्र महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका जीवछ मण्डललाई सरुवा गरेर उर्जा मन्त्री दीपक खड्काले त्यहाँ नविनराज सिंहलाई खटाएका हुन ।सिंहले यस अघि नै दुई पटकसम्म विभागको महानिर्देशकको नेतृत्व गरिसकेका छन् । तेश्रो कार्यकालका लागि उनलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाइएको हो ।

बिज्ञापन

उनी ०७३ असोज १७ देखि २०७५ पुस १६ गतेसम्म झण्डै दुई बर्ष विभागमा पहिलो पटक महानिर्देशक चलाइसकेका हुन । त्यसपछि जल तथा ऊर्जा आयोगमा सरुवा भएका उनी करिब २ वर्ष कोशी प्रदेशका सचिवको भूमिकामा रहेका थिए । पछिल्लो समय उनलाई मन्त्रालयको अति महत्त्वपूर्ण मानिने नीति महाशाखाको जिम्मेवारी तोकिएको थियो ।

बिज्ञापन

सिंहलाई फेरि सोही विभागमा महानिर्देशक बनाएर खटाएका हुन भने मण्डललाई जल तथा उर्जा आयोगमा खटाइएको छ ।यस्तै मन्त्री खड्काले आयोगमा कार्यरत अर्का सहसचिव चीरञ्जीवी चटौतलाई भने मन्त्रालयको नीति महाशाखामा ल्याएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष