कक्षा १२ को नतिजा :- ५२ दशमलव ९१ प्रतिशत उत्तीर्ण,१२२ को परीक्षा रद्ध

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो ।

बिज्ञापन

परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी रहेका थिए जसमा नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका भने ४७ दशमलव ०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन् ।
नतिजा अनुसार, नौ हजार ५९१ विद्यार्थीले ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उनीहरूले ३ दशमलव ६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका हुन् । यस्तै सबैभन्दा बढी २ दशमलव ८१ देखि ३ दशलमव २० जीपीए ल्याउने रहेका छन् ।

बिज्ञापन

सबैभन्दा कम १।६१ देखि २।० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् । त्यस्तै २ दशमलव ०१–२ दशमलव ४० सम्म ल्याउने ८,२४०, २ दशमलव ४१–२ दशमलव ८० सम्म ल्याउने ६१,०३६, २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म ल्याउने ७८,०७५, ३ दशमलव २१–३ दशमलव ६० सम्म ल्याउने ४६,८९३ विद्यार्थी रहेका छन् । यस्तै ३ दशमलव ६१–४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९५९१ रहेको छ ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए यस्तै परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले १२२ जना विद्यार्थीको नतिजा रद्द गरेको छ । ती विद्यार्थीले परीक्षा हलमा चिट चोरेको, अमर्यादित क्रियाकलाप गरेको भन्दै नतिजा रद्द गरेको हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ निजामती ऐनको मस्यौदाले कर्मचारीतन्त्रमा तरंग : छड्के प्रवेशदेखि सामूहिक अवकाशसम्मका प्रस्तावले बढायो बहस

निर्णय गर्दै पछि हट्दै बालेन सरकार

भेप तस्कर बढ्दै, कसले ल्यायो करोडौँको भेप ?

राहदानी छपाइ : अधिकृतदेखि सहसचिवसम्म ११ कर्मचारीविरुद्ध मुद्धा चल्दा अख्तियारले राखेन आरजुको नाम

कुमारीमा कीर्ते काण्ड त कति कति

सफाइ पाएसँगै मन्त्रालयमा फर्किइन अतिरिक्त सचिव

सहसचिव,उपसचिवसहित १८ विरुद्ध भ्रष्टाचार मुद्धा

सात हजार थान भेप बरामद

बिशेष