शंकरदास बैरागीले अकस्मात दिए पदबाट राजीनामा, कहाँ पाउँदैछन् अर्काे नियुक्ति ?

पूर्व मुख्य सचिव शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन् । सेटिङमा बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउनकै लागि रातारात कुनै ऐन कानुनले नचिन्ने पद राष्ट्रिय सुरक्षा सल्लाहकार पद सृजना गरेर जागिर खान गएका शंकरदास बैरागीले १४ महिना नपुग्दै उक्त पदबाट पदबाट राजीनामा दिएका हुन । उनले आइतबार नै पदबाट राजीनामा दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ ।

बिज्ञापन

लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाएर शंकरदास बैरागीलाई चोरबाटोबाट मुख्यसचिव बनाइएको थियो । पर्वतमा जन्मिएका बैरागी ०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । उनी २०७२ सालमा परराष्ट्र सचिव भएका थिए । त्यसअघि एक वर्षभन्दा लामो अवधि उनी सोही मन्त्रालयमा निमित्त सचिव भए । परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो पात्र हुन् । सचिवका रुपमा उनको पाँचवर्षे कार्यकाल पूरा हुनु अघि सरकारले लोकदर्शन रेग्मीलाई बेलायतको राजदुत बनाएर सो स्थानमा बैरागीलाई मुख्यसचिव नियुक्त गरेको थियो । वैरागी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मुख्यसचिव बनेका थिए । २०७७ असोज १५ मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाएर ओली नेतृत्वको सरकारले बैरागीलाई मुख्यसचिव बनाएको थियो । एक दिन पछि नै अनिवार्य अवकाश पाउन लागेका बैकुण्ठलाई मुख्यसचिव बनाएर उनी कुनै ऐन कानुनले नचिन्ने राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भएका थिए ०८० जेठ ३२ गते । अनिवार्य अवकाशको तीन महिना अगाडि उनले अर्काे लाभको पद हात पारेका थिए ।

बिज्ञापन

यस पटक पनि बैरागीलाई भारतको राजदूत बनाउने चर्चा थियो तर काँग्रेसले डा शंकर शर्मालाई निरन्तरता दिने भएसँगै उनी राजदूतमा सिफारिस भएनन् । बैरागीको राजीनामालाई अर्काे लाभको पद लिनकै लागि भएको स्रोतको दावा छ । कुनै मुलुकमा राजदूत वा अरु कुनै लाभको पद लिनकै लागि १३ महिनामै पदबाट राजीनामा दिएका हुन भन्छन्,उनलाई नजिकबाट चिन्नेहरु ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

बिशेष