अधिकृतका अनेकन चर्तिकला

कुनै समयका रत्नाकार डाकु पछि महर्षि वाल्मिकीमात्र बनेनन,रामयणजस्तो कृतिको रचना गरे र जीवन्त रहिरहे । एक समयमा गरेको बदमासीलाई लिएर मान्छेलाइृ जीवनभर दपेट्न त मिल्दैन तर मान्छे आफ्नै इतिहासबाट भाग्न पनि सक्दैन ।
यस्तै विगतमा बदमासीमा मुछिएर त्यही बदमासीले लखेटिरहने एक जना अधिकृत छन्,अर्थ मन्त्रालयमा । लोकसेवा आयोग केन्द्रीय कार्यालयले प्रशासनतर्फ लेखा समूहको लिखित परीक्षा सञ्चालन गरेको थियो अघिल्लो बर्ष माघ १० र १७ गते । खुलातर्फ २ जना र पिछडिएको क्षेत्रबाट १ जना माग गरिएकोमा उक्त विज्ञापनमा लिखित परीक्षामा सम्मिलित थिए ५११ जना । तिनैमध्येका हुन रामप्रसाद जोशी जो पिछडएको क्षेत्रबाट परीक्षामा सहभागी थिए । सहभागीमध्ये खुलातर्फ २० र पिछडिएको क्षेत्रबाट ६ जनाले लिखित परीक्षामा नाम निकाले । तिनैमध्येका हुन जोशी । तिनै अधिकृतले हालसालै उपसचिवको लिखित परीक्षामा नाम निकलोसँगै उनको विगतका बदमासीहरु बाहिर छरपष्ट हुन थाल्यो । चर्काे विवादपछि परीक्षा हापेसँगै अहिले चर्चामा छन्,ती कर्मचारी । लोकसेवा सम्बन्धी आधा दर्जनौ पुस्तक प्रकाशन  गरिसकेका ती अधिकृतले लिखित परीक्षामा नाम निकाले,पछि उनका बदमासी बाहिर आयो र लाजले उपसचिवको परीक्षामा सामेल हुन सकेनन् ।

बिज्ञापन

जोशीले उपसचिवमा नाम निकाले अनि ११ बर्ष अगाडिको घटना अहिले सार्वजनिक भएसँगै उनी इन बास्केट एक्साइज परीक्षामा सामेल हुन सकेनन् ।   जोशी एक दशक अगाडि सामाजिक सुरक्षा भत्ता हिनामिनामा मुछिएर अदालतबाट दोषी ठहर भएका कर्मचारी हुन ।

बिज्ञापन

यो प्रकरणमा तत्कालीन गाविस सचिव जोशीले सामाजिक सुरक्षा भत्ता वापत २१ लाख २२ हजार ४ सय रुपैयाँको एउटा झोला र १८ लाख ३० हजार रुपैयाँ पैसा रहेको झोला बोकेर गायब भएका थिए । पछि यो प्रकरणमा प्रहरीले उनैलाई मुख्य प्रतिवादी ठहर गर्दै जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत बाजुरामा चोरी मुद्दा दर्ता गर्छ । जिल्ला अदालतले जोशीले चोरी गरेको ठहर गर्छ । पुनरावेदन (उच्च)ले पनि जिल्लाकै फैसला सदर गर्छ । अनि सर्वोच्च पुगेका जोशी चोर नै भएको प्रमाणित हुन्छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको इजलासले जिल्ला र उच्चको फैसला सदर गर्दै जोशीलाई १ महिना कैद र ३८ हजार जरिवाना हुने ठहर गर्यो ।

बिज्ञापन

त्यसैबीच जोशीले राजस्व अधिकृत बनेर जागिर सुरु गर्छन् । फेरि लेखातर्फको उपसचिवको परीक्षामा भिड्न,र नाम निकाल्छन् । अन्तर्वार्ता दिने बेला आएपछि भने सबै भेद खुल्छ र उनले अन्तर्वार्तामा सामेल हुँदैनन् । बाजुरा जिल्ला अदालत, तत्कालीन पुनरावेदन अदालत, दिपायल (हाल उच्च) र सर्वोच्च अदालत समेत उक्त मुद्धामा दोषी करार भइ १ महिना कैद सजाय भुक्तान गरिसकेका कर्मचारी हुन । जोशी हाल राजस्वका अधिकृतको भूमिकामा छन् । राजस्वका अधिकृत रहेका  जोशी हाजिर गरेर टाप ठोक्ने काम (हाटा) गर्ने कर्मचारीमा पर्दछन् ।

अर्थ मन्त्रालयका कर्मचारीहरुका अनुसार उनी मन्त्रालयमा कम र लोकसेवाका कक्षामा बढी भेटिन्छन् । उनले काठमाडौंको चर्चित इन्सिच्युटमा अनलाइन कक्षा चलाइरहेका छन । यतिमात्र होइन उनका आधा दर्जन बढी लोकसेवा तयारी कक्षासम्बन्धी पुस्तक समेत सार्वजनिक गरेका छन् ।

*(समाचार प्रकाशन पछि अधिकृत जोशीको आपत्ति र प्रेस काउन्सिल नेपालको ध्यानाकर्षणपछि  समाचार शीर्षक र तस्विर सम्पादन गरिएको)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

बिशेष