सचिवपछि अब फेरिने पालो महानिर्देशकहरुको

काँग्रेस एमालेको नयाँ गठबन्धनको सरकारले २१ सचिवहरुलाई भकुण्डो बनाएको छ । सोमबारको क्याविनेटले २१ सचिवहरु सरुा गरिसकेपछि अब सहसचिव तथा महानिर्देशकहरु यता उता पार्ने तयारी हुँदैछ । निजामती ऐनले कुनै पनि कर्मचारीलाई कम्तिमा एक बर्षसम्म काम गर्नदिनुपर्ने भने पनि सत्ता गठबन्धनमा फेरबदल आएसँगै माओवादी निकटका सहसचिवहरु भकुण्डो बन्ने भएका हुन ।
जसअनुसार अर्थ मातहतका विभिन्न विभागका प्रमुखहरु अदल बदल गर्ने तयारी भइरहेको छ । यस्तै प्रधानमन्त्री कार्यालय मातहत रहेका राजश्व अनुसन्धान विभाग,सम्पत्ति शुद्धीकरणका विभागका हाकिमहरु पनि हिट लिष्टमा रहेका छन् ।
यस्तै मन्त्रालय मातहतका आन्तरिक राजस्व विभाग,भन्सार विभागका हाकिमहरु पनि हेरफेर हुनेको सूचीमा छन् । ती निकायमा प्रशासनतर्फका सहसचिव भन्दा पनि राजश्व समूहकै अनुभवी व्यक्तिलाई जिम्मेवारी दिने चर्चा सुन्न पाइन्छ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतिर । पावरफुल मिनिस्ट्री भनिने अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग,ठूला करदाता कार्यालय,उच्चस्तरीय कर कार्यालयको नेतृत्व फेर्ने सरकारको तयारीसंगै त्यहाँको चिफ बन्न सहसचिवहरुको दौडधुप शुरु भैसकेको छ । करिब आधा दर्जन सहसचिव त्यस्तो दौडमा रहेको बुझिन्छ ।

बिज्ञापन

अर्थ मन्त्रालय स्रोतका अनुसार यी ठाउँमा जानका लागि धनिराम शर्मा, मदन दाहाल, सुमन दाहाल, सेवन्तक पोखरेललगायतको नाम चर्चामा छ। धनिरामलाई आन्तरिक राजस्व विभागको महानिर्देशक, सुमनलाई राजस्व अनुसन्धान विभाग, सेवन्तक ठूला करदाता कार्यालयको प्रमुख बनाइने चर्चा अर्थ मन्त्रालयमा सुन्न थालिएको छ । यो प्रतिष्प्रर्धामा सुमन दाहाल,मदन दाहाल,दीर्घ मैनाली, सेवन्तक पोखरेलदेखि राजेश्वर ज्ञवालीसम्मका सहसचिवहरु प्रतिष्प्रर्धामा छन् ।

बिज्ञापन

अर्थमन्त्री पौडेल र प्रधानमन्त्री ओलीले अनुभवी मानिएका यी सहसचिव मध्येबाटै टिप्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतबाट थाहा भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

बिशेष