२ सचिवको सरुवा,२ सहसचिव सचिवमा बढुवा

न्याय सेवा आयोगले दुई सचिवको सरुवा र दुई जनाको बढुवाको सिफारिस गरेको छ । आज बसेको न्याय सेवा आयोगको अध्यक्षको रूपमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ छन् भने सदस्यको रूपमा कानुनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, महान्यायाधिवक्ता रमेश बडाल र सदस्यसचिवको रूपमा न्याय परिषद्का सचिव यमबहादुर बुढामगर सहभागी बैठकले दुई सचिवको सरुवा गरेको हो भने दुई सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।

बिज्ञापन

बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयमा खटाएको छ भने कानुन मन्त्रालयका सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री कार्यालयका सचिव लिला गड्तौला मुख्यसचिव भएपछि रिक्त रहेको उक्त सचिव पदमा गौतमलाई सरुवा गरिएको हो ।

बिज्ञापन

यस्तै हालैमात्र सचिवले राजीनामा दिएसँगै रिक्त रहेको पदमा आलोकचन्द्र श्रेष्ठलाई बढुवा गर्दै सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । उनी रक्षा मन्त्रालयमा सहसचिवको रूपमा रहेका थिए । त्यस्तै पाराश्वर ढुङ्गानालाई नेपाल कानुन आयोगको सचिवको रूपमा बढुवा गर्दै पदस्थापन गरेको छ । उनी नेपाल कानुन आयोगमै सहसचिवको रूपमा रहेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष