प्रधानमन्त्रीले सचिवहरुलाई भने :-‘हस्ताक्षर गर्दैमा फसिन्न, ढुक्कले काम गर्नुहोस’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार सबै मन्त्रालयका सचिवहरुसँग सात घण्टा बिताए । र सोमबारको क्याविनेटले २१ मन्त्रालय,आयोग,विभाग तथा कार्यालयका सचिवहरु हेरफेर गर्ने निर्णय गर्यो । र आजै बसेको सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरताका लागि बनेको सरकारलाई असफल हुन नदिने हुँदा ढुक्कले काम गर्ने भने । उनले सरुवाको बिषयमा प्रष्टाए,यो सरकार परिर्वतनपछिको सामान्य ‘सेट अप’ मात्रै हो ।

बिज्ञापन

 

बिज्ञापन

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई असफल हुने छुट नभएको र कुनै पनि हालतमा असफल हुन नदिने उल्लेख गर्दै ओलीले असफल हुँदैन भनेर हातमा हात बाँधेर आरामले बस्न नहुने बताए ।

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई सँगै राखेर भने,असफल भइँदैन भनेर आरामले बसेर हामी सफल हुँदैनौँ । भाग्यमा छ भन्दैमा डोकामा दूध दोएर अडिँदैन । हामीले सफलताको संकेत यस आर्थिक वर्षमा दिनुपर्छ । अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो ।

बिज्ञापन

यस्तै प्रधानमन्त्री ओलीले सचिवहरुलाई कोही पनि कर्मचारी कुनै निर्णयमा हस्ताक्षर गरेकै कारणले नफस्ने बताएका छन् । उनले सचिवहरुलाई ढुक्कले काम गर्न आग्रह गरे ।
उनले भने,‘कर्मचारीले राम्रो नियतले काम गर्दा परेका अप्ठेरामा सरकारले संरक्षण गर्छ’, उनले भने, ‘कसैले गलत नियतले काम गर्छ भने त्यसमा उत्तरदायी आफैं हुनुपर्छ । राम्रो काम गर्दा असुरक्षित फिल नगर्न आग्रह गर्छु ।’

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

बिशेष