एकै पटक २२ सचिवको सरुवा

काँग्रेस र एमाले गठबन्धनको नयाँ सरकार बनेसँगै कर्मचारीहरुलाई भकुण्डो बनाउने क्रम शुरु भएको छ । केपी ओली नेतृत्वको सरकारले पहिलो पटक झण्डै दुई दर्जन सचिवहरुलाई यता उता पारेको छ । आइतबारमात्र सचिवहरुसँग सात घण्टा लामो निर्देशन दिएको भोलिपल्टै २२ मन्त्रालय,आयोग,कार्यालयका सचिवहरु यता उता पारिएको हो ।

बिज्ञापन

जस अनुसार,अर्थ सचिवको जिम्मेवारीमा रहेका मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा खटाएर त्यहाँ राजश्व सचिव डा रामप्रसाद घिमिरेलाई सारिएको छ । घिमिरे राजश्व सचिवका रुपमा कार्यरत थिए ।  मधु मरासिनीलाई उपराष्ट्रपति कार्याल्यमा खटाउने तयारी भइरहेको खबर यस अघि नै कर्मचारी प्रेसले प्रकाशन गरिसकेको थियो ।

बिज्ञापन

यस्तै राजश्व सचिवको जिम्मेवारी दिनेश घिमिरेलाई दिइएको छ ।यस्तै रक्षा सचिव किरणराज शर्मालाई वीत्त आयोगमा पठाइएको छ । शर्मा दुई बर्ष भन्दा बढी समयदेखि रक्षा मन्त्रालयका कार्यरत थिए । उनी पिआर प्रकरणमा मुछिएर विवादमा तानिएका छन् । यस्तै किरण शर्माको ठाउँमा ल्याइएको छ,अख्तियारबाट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घनश्याम उपाध्यायलाई लगिएको छ भने सामान्य प्रशासनका सचिव मुकुन्द प्रसाद निरौला श्रममा पुगेका छन् । यस्तै सामान्य प्रशासन मन्त्रालयमा भरत सुवेदी आइपुगेका छन् । यता सञ्चारमा राधिका अर्याललाई जिम्मेवारी दिइँदा लोकसेवा आयोगमा खटाइएको छ भने लोकसेवा आयोग पुगेका छन्,डिल्लीराम शर्मा ।

बैठकले १५ देशका लागि राजदुत नियुक्त समेत गरेको छ ।जस अनुसार सरकारले भारतमा शंकर शर्मा र अमेरिकामा लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

बिशेष