अदालतको अवहेलनामा बहालवाला सचिवलाई सर्वाेच्च अदालतले १० हजार जरिवाना तिराएको छ । अदालतको आदेश अनुसार फाइल पेस नगरेको कारण सर्वाेच्च अदालतका न्यायधीशद्धय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सचिव खराललाई उक्त जरिवाना तिराउन आदेश दिएको हो ।
बिज्ञापन
नेपाल कृषि अनुसन्धान परिषद् कर्मचारी सेवा सर्त विनियमावलीको पहिलो संशोधन सम्बन्धी निर्णयको सक्कल फाइल पेस गर्नुपर्नेमा सचिव सचिव डा.दीपककुमार खरालले अदालतलाई अटेर गरेको ठहर गर्दै सर्वोच्चले जरिवाना सुनाएको हो ।
बिज्ञापन
सरकारका बहालवाला सचिवलाई सर्वोच्चबाट जरिवाना भएको यो पहिलो घटना हो । यस अघि त्रिपाल काण्डमा तत्कालीन शहरी सचिव रमेश सिंहलाई अदालतको अवहेलना गरेको भन्दै अदालतले जरिवाना तिराएको थियो । यस अघि सर्त सहित जरिवाना तिराइएकोमा सचिवलाई फाइल पेस नगरेमा स्वतः जरिवानाको निर्णय कार्यान्वयन हुनेछ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























