उपसचिवसम्मका कर्मचारी प्रदेश सरकारबाटै परिपूर्ति गर्ने तयारी

कर्णाली प्रदेश सरकारले रिक्त रहेको ११ सय भन्दा कर्मचारी चालु आर्थिक बर्षमै पदपूर्ति गर्ने तयारी रहेको जनाएको छ ।आठ मन्त्रालय र प्रदेश सरकार मातहतका अन्य निकायका लागि स्वीकृत दरबन्दी कुल दुई हजार आठ सय ६२ रहेको भए पनि त्यहाँ एक हजार सात सयभन्दा केही कर्मचारी मात्र छन् । अर्थात झण्डै ११ सय दरबन्दी रिक्त छ । तीमध्ये कतिपय त केन्द्रबाट काजमा खटिएका छन् भने केही समायोजन भएका र केही करारमा समेत छन् ।कर्मचारी अभावकै कारण प्रदेश स्थापना भएको आठ बर्ष समय व्यतित भइसक्दा समेत विकासले लय समात्न नसकेको बताइन्छ ।

बिज्ञापन

कर्णाली प्रदेशको समस्या हो,कर्मचारी जान नमान्ने,खटिएका कर्मचारी पनि लामो समय टिकाउन नसकिने । त्यही समस्या पदपूर्ति गर्न केन्द्र सरकारको मुख तताक्ने,प्रदेशबाटै उपसचिव तहसम्मको कर्मचारी भर्ति गर्ने योजना बनाएको छ,कर्णाली प्रदेश सरकारले ।

बिज्ञापन

प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा तीनवटा सरकार गठन भए तर अस्थिर कर्मचारीतन्त्रका कारण समस्या झेल्दै आएको कर्णाली प्रदेश सरकारले उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने तयारी गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । उनले प्रदेश लोक सेवा आयोगमार्फत उपसचिव तहसहित ७५ प्रतिशत कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने तयारी भइरहेको बताए ।

कर्मचारी अभावले भएको स्रोत र साधनको प्रयोग नहुने परिपाटीको अन्त्य गर्न एक वर्षभित्र समस्या हलगर्ने गरी अघि बढेको मुख्यमन्त्री कँडेलले बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष