नुर्बुको मुद्धा पुग्यो अदालत :- हुनसक्छ ३ महिना कैद,३० हजार जरिवाना

रसुवा जिल्लास्थित नौकुण्ड गाउँपालिकाका अध्यक्ष नर्वु स्याङ्बो घलेलाई सरकारी वकिल कार्यालयले अदालतमा मुद्धा चलाएको छ ।

बिज्ञापन

गत शनिवार गाउँपालिका अध्यक्ष घलेको बूढानिलकण्ठस्थित घरमै जुवा खेलिरहेको अबस्थामा प्रहरीले उनीसहित १० जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी टोलीले नगद १ लाख ३६ हजार ५ सय रुपैयाँसहित जुवा खेल्न प्रयोग हुने क्वाइन ३७ वटा र ६ बुक तास समेत बरामद गरेको थियो । उनीहरु ५० रुपैंया प्वाइन्ट म्यारिज खेलिरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

उनीसहित ९ जनालाई पनि नियन्त्रणमा लिएर प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अनुसार मुद्धा अगाडि बढाउने तयारी गरिरहेको छ । नुर्बु रसुवाका ठेकेदार नेताका कार्यकर्ता र उनको पेटी ठेकेदार हुन । यस्तै उनी नौकुण्ड गाउँपालिकाका निर्वाचित अध्यक्ष जितेका उनी पटक पटक विवादमा पर्दै आएका छन् ।

अध्यक्ष घलेलाई मुलुकी अपराध संहिता २०७४ अनुसार, तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने बताइएको छ ।

बिज्ञापन

नुर्वु यसअघि मानव बेचबिखन आरोपमा पनि पक्राउ परेका थिए । २०८० चैतमा मानव बेचबिखन ब्युरोले उनलाई पक्रेर अनुसन्धान गरेको थियो । एक महिलाले श्रीलंका पुर्याएर घलेले बिक्रीको प्रयास गरेको उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको किटानी जाहेरी परेका नुर्बु घलेलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सफाइ दिएको थियो,गत वैशाख २१ गते । तर १५ दिनपछि उच्च सरकारी वकिलको कार्यालयले उक्त फाइलै फिर्ता पठाइदिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँको सफाई दिने निर्णयमा कैफियत भेटेरै उच्च सरकारी वकिलको कार्यालयले यसमा कैफियत भनेको छ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घलेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचल्ने भन्दै पठाएको फाइल उच्च सरकारी वकिलको कार्यालयबाट फिर्ता भएको हो ।

पीडितले दिएको निवेदनको आधारमा ९ बर्षपछि २८ चैत्रमा पक्राउ परेका नुर्वुलाई गत वैशाख २१ गते शुक्रवार सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको थियो । नेपाल प्रहरीले लामो अनुसन्धानपश्चात् मुद्दा चलाउनुपर्ने निष्कर्षसहित हिरासतमा रहेका नुर्बुलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्नासाथ प्रहरीलाई जिल्लाराम पार्दै सरकारी वकिलहरूले सफाइ दिने निर्णय गरेको थियो तर उच्च सरकारी वकिलको कार्यालय पाटनले थप अनुसन्धान गर्नुपर्ने विषयहरू भएकाले फाइल फिर्ता पठाइएको छ ।
रसुवाको तत्कालीन यार्सा गाउँ विकास समितिले र हालका नौकुण्ड गाउँपालिकाका नोर्बुले ०७३ सालमा एक युवतीलाई कुबेत पठाइदिने भनी सविन शाह भनिनेसँग मिली भारतको नयाँदिल्ली हुँदै श्रीलंका पुर्‍याएका थिए । त्यहाँ पुर्याएर महिनौंसम्म बन्धक बनाएको आरोप उनीमाथि लागेको थियो । नेपाल आएपछि माइती नेपालको सहयोगमा विनिताले कुबेतमा जागिरका लागि पठाउने भन्दै हण्डर खुवाउने नुर्बु, सविन, भारतीय लक्ष्मी र श्रीलंकन आक्सविरुद्ध मानव बेचबिखन र ओसारपसारमा प्रहरीमा जाहेरी दिइन् । मतियारका रुपमा काम गरेका सविनविरुद्ध यस्ता १७ वटा जाहेरी परेका थिए । पाँच वटामा अनुसन्धान गरी उसलाई ३ वर्ष कैद तोकिएको थियो । नुर्बुको जाहेरीमा प्रहरीले लामो अनुसन्धान गरी पक्रिएर मुद्दा चलाउनुपर्ने निष्कर्षसहित सरकारी वकिल कार्यालयमा लिएर गयो । तर, जानासाथ सरकारी वकिलहरूले नुर्बु निर्दोष रहेको निष्कर्ष निकाली छाड्ने निर्णय गरिदिएका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष