५ हजार घुस प्रकरण छानबिन गर्न उपसचिवको नेतृत्वमा छानबिन समिति

सोनोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रमा भएको पाँच हजार घुस प्रकरणमाथि अनुसन्धान गर्न सरकारले छानविन समिति बनाएको छ । शिक्षामन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त घटनाको छानबिन गर्न निर्देशन दिनुभएको हो ।

बिज्ञापन

जनता समाजवादी पार्टी, नेपालका सांसद तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद महतोले गत आइतबार संसदमा छोरोको सर्टिफिकेट इक्यूभ्यालेन्ट गर्न विचौलियालाई पाँच हजार घुस दिएको बताएका थिए । उनले भनेका थिए, ‘म भूपुमन्त्री, तर हिजो भर्खर सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु । मेरो छोरोको सर्टिफिकेट इक्यूभ्यालेन गर्नुपर्ने थियो । मैले ११ बजे पठाएको ३ बजेसम्म गर्दिएनन् । किन मिलेन भनेर म आफै गएँ । त्यही एउटा विचौलिया रहेछ । त्यसलाई पाँच हजार दिएँ, पाँच मिनेटमै काम गरेर ल्याइदियो ।’

बिज्ञापन

संसद बैठकमै सांसदले घुस खुवाएर काम गराएको बताएपछि शिक्षामन्त्री भट्टराईले आज शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक बसन्त प्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो । समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य छन् ।

समितिलाई उक्त घटनाको सम्बन्धमा प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया र लाग्ने दस्तुर लगायतका विषयमा छानविन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।
यता गृहमन्त्री रमेश लेखकले ‘प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको छ र यो विषय सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष