प्रधानमन्त्रीको निजी सचिवको जिम्मेवारी सहसचिव कुँवरलाई

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवको जिम्मेवारी सहसचिव विनोद कुँवरले पाएका छन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहसचिवको भूमिकामा रहेका कुँवरलाले आइतबारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्न लागेका छन् ।

बिज्ञापन

यस अगाडि ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता हुँदै आन्तरिक राजस्व विभागको १४ महिना महानिर्देशक चलाइसकेका कुँवर निजामतीभित्र इमान्दार प्रशासकका छवि बनाएका कर्मचारी हुन ।

बिज्ञापन

उनी राजश्व विभागबाट लामो समय झण्डै ती बर्ष गण्डकी प्रदेशमा काम गरेर केही महिना अघिमात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएर आएका हुन ।
यसअघि उपसचिव बस्दै आएकोमा प्रधानमन्त्रीको निजी सचिवालयमा पूर्व प्रधानमन्त्री प्रचण्डको समयमा सहसचिव नवराज ढुङ्गाना र अर्जुन भण्डारीलाई नियुक्ति गरिएको थियो । सचिव बन्ने लाइनमा रहेका कुँवर प्रधानमन्त्रीको निजी सचिवको जिम्मेवारी पाउँदा निजी उपसचिवमा विष्णु सुवेदीलाई ल्याइएको छ ।

यस्तै केपी शर्मा ओलीको सचिवालयमा पूरानै अनुहारहरु ल्याइएको छ । प्रधानमन्त्रीले आर्थिक, परराष्ट्र, प्रेस, सुरक्षा, जनसम्पर्क, प्रशासनिक, सुरक्षालगायत सल्लाहकार र विज्ञ नियुक्त गर्न सक्छन् । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक सल्लाहकार नियुक्त भइसकेका छन् भने कानुनी सल्लाहकारका रुपमा महान्यायधविक्तामा रमेश वडाल,यस्तै सचिव बराबरकै सेवा सुविधा पाउने गरी राजेश बज्राचार्यलाई स्वकीय सचिव नियुक्त भइसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

बिशेष