मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी अविलम्ब सुरु तलबमान समायोजन–निर्धारण लागू गर्न–गराउन परमादेश जारी गरेको छ ।

बिज्ञापन

गत असार १० गते सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सो परमादेश दिएको थियो ।पूर्णपाठमा मर्यादाक्रमानुसारको आधारभूत तलबमान कायम नहुँदा नेपालको संविधान, नेपाल पक्ष बनेका अन्तर्राष्ट्रिय कानुनी दस्तावेजहरूको प्रावधान, सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्तहरू समेतको विपरीत हुन गइ निजहरूको समानताको हकसमेतमा गम्भीर आघात पर्ने उल्लेख छ ।

बिज्ञापन

सरकारका तर्फबाट अदालतमा पेस गरिएको लिखित जवाफमा ‘नेपाल सरकारले जुनसुकै बखत मर्यादाक्रम बमोजिम तलबमान समायोजन गर्न सक्ने’ भनी उल्लेख गरेबाट तलबमान समायोजन अनिश्चित बनेको देखिने पनि अदालतको ठहर छ ।

कर्मचारी प्रशासनमा आत्मसम्मान, उत्प्रेरणा र मनोबललाई उच्च राख्न मर्यादाक्रम अनुसार वेतनमान आवश्यक र महत्त्वपूर्ण तत्त्व भएको कुरालाई स्वीकार गरी तलब निर्धारण भएको नपाइएको सर्वोच्चले भनेको छ ।

बिज्ञापन

कर्मचारी प्रशासनमा आत्मसम्मान, उत्प्रेरण र मनोबललाई उच्च राख्न मर्यादाक्रम अनुसार वेतनमान आवश्यक र महत्त्वपूर्ण तत्त्व भएको कुरालाई स्वीकार गरी तलब निर्धारण भएको नपाइएको सर्वोच्चको फैसलामा उल्लेख छ ।

sarbochha

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

बिशेष