यी हुन चालु आवमा अवकाश हुन लागेका १६ सचिव,७४ सहसचिवसहित २११९ कर्मचारी

चालु आर्थिक बर्षमा २११९ निजामती कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । निजामती किताबखानाका अनुसार चालु आर्थिक बर्षमा उमेर हद र सेवा हद लागेर १६ सचिव,७४ सहसचिवसहित २११९ कर्मचारी अनिवार्य अवकाशमा जान लागेका हुन ।

बिज्ञापन

किताबखानाका अनुसार,कामु मुख्य सचिव लीलादेवी गड्तौला भदौं १५ गते ५८ वर्ष उमेर हद लागेर उनी घर जानेछिन् । निजामती सेवा दिवसकै दिन अर्थात २२ भदौंमा राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली अवकाशमा जाँदैछन् । थारु आयोग कृष्णकान्त उपाध्याय,हाल सञ्चार मन्त्रालयमा रहेका सचिव रामकृष्ण सुवेदी कात्तिक ५,सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल मंसिर १३ गते ५८ वर्षे उमेर हद लागेर घर फर्किनेछन् । यस्तै उमेर हद लागेर आगामी मंसिर २८ मा घर जाने सूचीमा रहेका नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारी अवकाशको चार महिना अगाडि नै राजीनामा दिएका छन् । यस्तै माघ २९ गते महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई ५ वर्षे सेवा अवधि लागेर घर जाने निजामती किताबखानाले जनाएको छ ।
फागुन १२ गते स्वास्थ्य सचिव डा रोशन पोखरेल,फागुन १६ मा अर्थ सचिव मधुकुमार मरासिनी,फागुन १८ गते गृहसचिव एकनारायण अर्याल फागुन १८ गते घर जानेमा पर्छन् । यस्तै राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेल ०८२ वैशाख २ गते अवकाश पाउनेको सूचीमा छन् । यस्तै सोही महिनाको २५ गते महालेखा नियन्त्रक रहेका विनोद प्रकाश सिंह ५८ वर्षे उमेर हद लागेर घर जाँदैछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे वैशाख ३० गते घर जानेमा पर्छन् । यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा ०८२ जेठ २८ गते, व्यवस्थापिका संसद् सचिवालयका सचिव सुदर्शन खड्का ०८२ साल जेठ ३० गते अवकाश हुँदैछन् । यस्तै ०८२ असार ६ गते वामदेव अधिकारीले जागिरबाट घर जाने भएका छन् ।

बिज्ञापन

 सचिव बन्ने लाइनमा छन् ३० बढी सहसचिवहरु 

किताबखानाका अनुसार चालु आर्थिक बर्ष विशिष्ठ श्रेणीका यी १६ कर्मचारीसहित सहसचिवहरु ७४ जना रहेका छन् ।
होमप्रकाश लुँइटेल,कृष्णप्रसाद पन्थ,शिक्षा सेवाका राजकुमार विश्वकर्मा,शान्ता अधिकारी भट्टराई,थानेश्वर गौतम,इश्वरीप्रसाद अर्याल,परराष्ट्रतिरका दुर्गाबहादुर सुवेदी,कृषिका प्रदीपचन्द्र भट्टराई,मदन सिंह धामी,सहन्यायधिवक्ता कृष्णमोहन कोइराला,नारायणबहादुर थापा,कोमल प्रसाद धमला,शंकरप्रसाद पण्डित,भरतप्रसाद अर्याल अनिवार्य अवकाशमा जाँदैछन् ।
यस्तै सहसचिव तहका कुमार थापा,बेलबहादुर भुजेल,अमिरप्रसाद न्यौपाने,डिल्लीराज जोशी,केशवप्रसाद दाहाल,ध्रुवबहादुर खड्का,रामकुमार केसी,रामचन्द्र ढकाल,कोषनाथ अधिकारी पनि अनिवार्य अवकाशमा जाँदैछन् ।
यस्तै,ख्यामबहादुर थापा क्षेत्री,प्रकाशमणि पौडेल,डा नरहिरप्रसाद घिमिरे,हिरामणि शर्मा,मिनराज ढकाल, शोभा सिंह,बद्रीबहादुर खड्का,रामप्रसाद घिमिरे,नेत्रकुमार खत्री,सह न्यायधिवक्ता हिमालय कुमार त्रिताल,अर्जुनप्रसाद भट्टराई,डा सिन्धुप्रसाद ढुंगना,विष्णुप्रसाद पौडेल अवकाशमा जाँदैछन् ।
किताबखानाका अनुसार,सुशील वैद्य,टिकाराम थापा,टंकप्रसाद प्रसाई,कृषिका सूर्यप्रसाद पौडेल,कुमार घिमिरे,शिवकुमार कार्की,बैकुण्ठ निधि शर्मा,दीपक शर्मा,राजेन्द्रप्रसाद दास,चन्द्रकान्त खनाल,सुर्य प्रसाद सेडाई,राजेन्द्र पराजुली अनिवार्य अवकाश पाउँदैछन । राजदूत घनश्याम लम्साल,डोरनाथ अर्याल,माधवप्रसाद भट्टराई,मातृका भट्टराई,धर्मराज कुँइकेल,प्रेमशरण श्रेष्ठ,दीर्घबहादुर पोखरेल,कृष्णप्रसाद पुडासैनी,टिकाराम पाण्डे,सूर्यबहादुर खत्री,शिवराम न्यौपाने,राजेन्द्र थापा,इन्दु विक्रम जोशी पनि अवकाश पाउनेको सूचीमा छन् ।
यस्तै नारायणप्रसाद सापकोटा,बद्रीकुमार कार्की,मधुप्रसाद भेटवाल,अरुणकुमार झा,रघुराम बिष्ट,राजदूत हरिश्चन्द्र घिमिरे,शिवराज चौलगाई,रामचन्द्र काफ्ले,तीर्थप्रसाद धिताल,अजयकुमार मुल,किरण रुपाखेती,नुरहरि खतिवडा,माधवजंग कार्की,गोविन्दराज गौली सहसचिव सहित २११९ कर्मचारीले चालु आर्थिक बर्षमा अवकाश पाउन लागेका हुन ।

बिज्ञापन

अवकाशमा जाने कर्मचारीको सूची

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

बिशेष