यी हुन सचिव बन्ने लाइनमा रहेका बरिष्ठ ३० सहसचिवहरु

चालु आर्थिक बर्षमा उमेर हद र सेवा हदल लागेर १६ सचिवहरु घर फर्कदैछन् । १६ सचिव अनिवार्य अवकाशमा लागेर घर फर्कदा विभिन्न सेवा समूहका ३० बढी सहसचिवहरु सचिव बन्ने प्रतिष्प्रर्धामा छन् ।
निजामती किताबखानाका अनुसार, पाँच बर्ष सेवा हद र ५८ बर्ष उमेर हद लागेर १५ सचिवहरु अनिवार्य अवकाशमा जाँदैछन् । यसरी घर फर्किनेमा कामु मुख्य सचिव लीलादेवी गड्तौला भदौं १५ गते ५८ वर्ष उमेर हद लागेर उनी घर जानेछिन् । निजामती सेवा दिवसकै दिन अर्थात २२ भदौंमा राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली अवकाशमा जाँदैछन् । हाल सञ्चार मन्त्रालयमा रहेका सचिव रामकृष्ण सुवेदी कात्तिक ५,सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल मंसिर १३ गते ५८ वर्षे उमेर हद लागेर घर फर्किनेछन् । यस्तै उमेर हद लागेर आगामी मंसिर २८ मा घर जाने सूचीमा रहेका नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारी अवकाशको चार महिना अगाडि नै राजीनामा दिएका छन् । यस्तै माघ २९ गते महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई ५ वर्षे सेवा अवधि लागेर घर जाने निजामती किताबखानाले जनाएको छ ।
फागुन १२ गते स्वास्थ्य सचिव डा रोशन पोखरेल,फागुन १६ मा अर्थ सचिव मधुकुमार मरासिनी,फागुन १८ गते गृहसचिव एकनारायण अर्याल फागुन १८ गते घर जानेमा पर्छन् । यस्तै राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेल ०८२ वैशाख २ गते अवकाश पाउनेको सूचीमा छन् । यस्तै सोही महिनाको २५ गते महालेखा नियन्त्रक रहेका विनोद प्रकाश सिंह ५८ वर्षे उमेर हद लागेर घर जाँदैछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे वैशाख ३० गते घर जानेमा पर्छन् । यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा ०८२ जेठ २८ गते, व्यवस्थापिका संसद् सचिवालयका सचिव सुदर्शन खड्का ०८२ साल जेठ ३० गते अवकाश हुँदैछन् । यस्तै ०८२ असार ६ गते वामदेव अधिकारीले जागिरबाट घर जाने भएका छन् ।

बिज्ञापन

किताबखानाका अनुसार चालु आर्थिक बर्ष विशिष्ठ श्रेणीका यी १६ कर्मचारीसहित २ हजार भन्दा बढी कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । यस्तै चालु आर्थिक बर्षमा तीन दर्जन बढी सहसचिवहरु सचिवमा उक्लदैछन् । जसमध्ये २६ सहसचिवहरुले हालैमात्र सचिवमा बढुवा हुन आवश्यक पर्ने तालिम समेत लिइसकेका छन् । सहसचिवबाट सचिवमा उक्लने लाइनमा रहेका कर्मचारीहरु हुन महादेव पन्थ,रघुराम विष्ट,वावुराम अधिकारी, मदन भुजेल,चन्द्रकला पौडेल, शोभाकान्त पौडेल,भुपाल वराल, डण्डुराज घिमिरे,खगेन्द्र प्रसाद सुवेदी, कृष्ण प्र काप्री, वैकुण्ठ प्रसाद अर्याल, इमनारायण श्रेष्ठ,राजेन्द्र प्रसाद पौडेल,इन्दु घिमिरे, कमल प्रसाद भट्टराई,श्रीकृष्ण नेपाल,हाल स्वास्थ्यमा आइपुगेका विनोद वहादुर कुँवर,ढुण्डी निरौला,झलकराम अधिकारी,जनकराज जोशी ।कालीप्रसाद पराजुली,नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ,चक्रवहादुर वुढा र जयनारायण आचार्यहरु सचिव बन्ने पर्खाइमा छन् ।

बिज्ञापन

यस्तै भ्रष्टाचार मुद्धा परेर निलम्बनमा परेका र फुकुवा भएको खण्डमा रूद्रसिंह तामांग,बुद्धिसागर लामिछानेहरु पनि सचिव बन्ने लाइनमा रहेका बरिष्ठ सहसचिवहरु हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

बिशेष