कर्मचारीको द्रव्यमोह :- बर्ष दिनमै १२ सचिव,२५ सहसचिवसहित ५२० विरुद्ध भ्रष्टाचार मुद्धा

कार्यालयका भित्ता भित्तामा ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ। म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने नारा टासेर केही राष्ट्रसेवक कर्मचारीहरु लामो हात गर्दा अख्तियारको निशानामा पर्ने क्रम बढ्दो छ ।

बिज्ञापन

अघिल्लो आर्थिक बर्षमा निजामती सेवाको सबैभन्दा उच्च पद मुख्यसचिव नै भ्रष्टाचार मुद्धामा डामिए । अन्तशुल्क स्टिकर छपाईमा विचौलियाको स्वार्थ अनुकुल हुने गरी काम गर्दा उनी भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका छन् । उनीझैं गत आर्थिक बर्षमा मात्र १२ जना ठूला माछा अर्थात सचिवविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ अख्तियारले ।
अख्तियारले यस अवधिमा सरकारका सबैभन्दा माथिल्लो दर्जाको रूपमा रहेको विशिष्ट श्रेणी (सचिवस्तर) का १२ जना रहेका छन् । जसमा बैकुण्ठ अर्याल,भ्रष्टाचार मुद्धा पछि ६ महिनामै विशेषबाट सफाइ पाएर फर्किएका मधु मरासिनी,पूर्व सचिव गजेन्द्र ठाकुर,भीम उपाध्याय,सञ्जय शर्मालाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो । यस्तै दुइटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
यस्तै अख्तियारले यही अवधिमा सहसचिव तहका २५ कर्मचारीलाई भ्रष्टाचार मुद्धा चलाएको छ । जसमा मेलम्ची खानेपानी प्रकरणमा जोडिएर सचिव बन्ने लाइनमा रहेका रद्य्रमान सिंह तमाङ,बुद्धिसागर लामिछाने,रितेश शाक्यसहितका सहसचिवहरुलाई समेत अख्तियारले डामेको छ । यस्तै यही अवधिमा उपसचिव ७२ जना,शाखा अधिकृत १६७,लेखापाल ५४ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । यस्तै नायब सुब्बा तहका १४४,खरिदार ३१,कार्यालय सहयोगी २लाई अख्तियारले प्रतिवादी बनाएर विशेषमा मुद्धा चलाएको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/ ८१ को एक वर्षको अवधिमा भ्रष्टाचारमा संलग्न १ हजार ५ सय ३० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उक्त अवधिमा अख्तियारले विभिन्न अनियमितताका १९८ वटा मुद्दा मा ५२० जना राष्ट्रसेवक कर्मचारीलाई पोलेको छ । जसमा सबैभन्दा धेरै शाखा अधिकृत १६७,खरिदार १४४,उपसचिव ७२,लेखापाल ५४,कार्यालय सहयोगी ३१, सहसचिव २५ र सचिव १२ जना रहेका छन् । अख्तियारले दायर गरेको मुद्धाको आधारमा सबैभन्दा भ्रष्ट देखिएका छन्,शाखा अधिकृत । टिप्पणी उठाउने काम तिनैले गर्ने हुँदा अख्तियारले अधिकांश मुद्धामा अधिकृतलाई दोषी करार गर्दै मुद्धा अगाडि लगेको देखिन्छ ।

अख्तियारका अनुसार गत एक वर्षको अवधिमा अख्तियारले सबैभन्दा बढी स्थानीय तहमा भएको अनियमितता सम्बन्धमा मुद्दा दायर गरेको छ । अख्तियारले स्थानीय तहमा भएका विभिन्न प्रकृतिका अनियमिततामा छानबिन र अनुसन्धान गरी स्थानीय तहसँग सम्बन्धित ८० वटा मुद्दा दायर गरेको छ । सो मुद्दामा जोडिएका ४ सय ३३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । जसमा नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वार्ड अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य गरी १ सय १ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । जसमा जिल्ला समन्वय प्रमुख १,नगरपालिकाका मेयर १६,नगरपालिका उपमेयर ११ लाई प्रतिवादी बनाएर मुद्धा चलाउँदा गाउँपालिका अध्यक्ष ७,गाउँपालिका उपाध्यक्ष ८,वडाअध्यक्ष ४२ जनालाई मुद्धा चलाइएको छ । यस्तै अख्तियारले कार्यपालिका सदस्य ७,वडा सदस्य ७,मनोनीत सदस्य १८१ जना उपर मुद्धा चलाएको छ । अख्तियारले लेखापढी व्यवसायी २ जना,बिचौलिया २,व्यवसायी ९१ र अन्य ६१९ लाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

बिशेष