ओली आज प्रधानमन्त्री नियुक्त,शपथ भोलि

मुलुकको नयाँ प्रधानमन्त्रीमा दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । नेपाली कांग्रेससहितको समर्थनमा नयाँ सरकार गठनको दाबी पेस गरेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नियुक्त गर्ने तयारी गरेका छन्।

बिज्ञापन

नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै ओलीले संविधानको धारा ७६ (२)बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका छन् ।

बिज्ञापन

पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिएका छन् ।

राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने भएको हो ।

बिज्ञापन

आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नेछन् । सोमबार बिहान ११ बजे शपथ लिने तयारी छ । ओलीले भने आफू नियुक्त हुनेबित्तिकै कांग्रेस र एमालेका भागमा परेका सबै मन्त्रीलााई सोमबार नै शपथ ग्रहण गराउनेगरी तयारी थालेका छन्।

काँग्रेस र एमालेबीच भएको सहमति अनुुसार,काँग्रेसले गृहसहित १० र एमालेले अर्थसहित ९ वटा मन्त्रालय लिनेछन् । गृह, परराष्ट्र,उर्जा, शहरी विकास, स्वास्थ्य , संघीय मामिला तथा सामान्य प्रशासन, कृषि लगायतका मन्त्रालय काँग्रेसले लिनेछ भने अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, शिक्षा , उद्योग , कानुन , पर्यटन मन्त्रालय एमालेको भागमा पर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

बिशेष