कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक विनोदकुमार दत्त घुससहित पक्राउ परेका छन् ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई एक लाख रुपैयाँ घुससहित नवलपरासीमा रहेको कारागार प्रशासक निवासबाटै नियन्त्रणमा लिएको बताइएको छ ।
बिज्ञापन
काम गरेबापत पाउने सेवासुविधा दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनलाई घुस÷रिसवत लिइसकेको अवस्थामा फेला पारेको हो ।
दत्तको साथबाट स्रोत नखुलेको ५० हजार रुपैयाँ पनि अख्तियारले बरामद गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























