राजीनामाबाट रोकिए रास्वपाका मन्त्रीहरू

प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । करिब २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको छ ।कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सङ्कटमा परेका उनले राजीनामा नदिने बरु संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउँदै आएका प्रचण्डले बिहिबार बिहान समेत रास्वपाका नेताहरुसँग सोही कुरा दोह्रोर्याएर राजीनामा दिनबाट रोकेका छन् ।

बिज्ञापन

रास्वपा नेताहरुसँगका भेटमा प्रधानमन्त्रीले संसदको सामना गर्ने र संसदमै आफ्ना कुरा राख्ने बताएका हुन । प्रचण्डले रास्वपाका मन्त्रीहरुलाई आफ्नो संवैधानिक अधकिारको प्रयोग गर्छु, संसदलाई फेस गर्ने बताएपछि रास्वपाका मन्त्रीहरु राजीनामा गोजीमै हालेर फिर्ता भएका हुन ।  प्रधानमन्त्री प्रचण्डले आफूले संसद्‌बाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि तत्काल राजीनामा नदिने निर्णय भएको रास्वपाले जनाएको छ ।

बिज्ञापन

रास्वपाबाट सरकारमा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।

 बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ढुकुटीमा भार : उच्च पदस्थका ड्राइभरलाई नियमविपरीत मोटरसाइकल र इन्धन

अध्यादेश अस्वीकृत गर्न राष्ट्रपतिलाई जेनजी मुभमेन्टको आग्रह

बिचौलिया प्रकरणपछि सम्पत्ति शुद्धीकरण विभागमा नयाँ नेतृत्व, निर्मल ढकाल बने महानिर्देशक

कानुनविपरीत प्रयोग भएका ६२२ सरकारी सवारी फिर्ता

सरकार दुई तिहाईको,शासन अध्यादेशको

सामान्यको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारीमा ढोलकराज ढकाललाई

सामान्य सचिवलाई जिल्लाबासी,नातेदार कर्मचारीकै भर

सचिव काफ्लेको चलखेल रोकियो: काउन्सेलरमा बसन्त बोहोरा छनोट

बिशेष