१३ करोड अपचलनमा डामिएका झालाई फेरि संस्थान जिम्मा लगाउने तयारी

के यो मुलुकमा इमान्दार कर्मचारीको खडेरी लागेको हो ? होइन भने विवादमा परेका उही कर्मचारीलाई पटक पटक किन त्यही ठाउँमा नेतृत्व दिएर पठाइन्छ ? जस्तो चिनीको चास्नीमा डुबेर बदनाम खेपेकी मतिना वैद्य अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हाकिरहेकी छिन् । यस अघि नै आयल निगममा हुँदा बदनामी कमाएका चण्डीप्रसाद भट्ट बूढानिलकण्ठ दरबारको कृपाले पुन आयल निगम हाक्दैछन् । जनक शिक्षा सामाग्री केन्द्र डुबाउने पात्र अनिल झा नेपाल टेलिकमको हाकिम (कार्यकारी निर्देशक) ताक्दैछन् । उनैलाई नेपाल टेलिकमको महानिर्देशक बनाउने गरी ऐन संशोधन गर्ने काम फत्ये भइसकेको छ ।

बिज्ञापन

हाल सार्वजनिक रहेको संस्थानहरुको संख्या ४६ वटा छ । ती संस्थानमा यस्तै भ्रष्ट र विवादित पात्रलाई नियुक्ति गर्दा संस्था रसातालमा पुग्दैछ । सीमित व्यक्ति जुकाझैं ढाडिदैछन् । बदनामै बदनामहरुको राज रहेकै समय कृषि मन्त्रालयले अर्काे बदनाम र भ्रष्टाचारमा डामिएका कर्मचारीलाई दुग्ध विकास संस्थान (डीडीसी)को जिएम बनाउने प्रक्रिया करिब करिब टुंग्याएको कृषि मन्त्रालय स्रोतले जनाएको छ । उनी त्यहाँ हाकिम हुँदा ८२ करोड बेरुजु रहेको महालेखाले आफ्नो प्रतिवेदनमा लेखेको छ । बेदुराम भुसाल कृषिमन्त्री हुँदा झालाई दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको भेटिएपछि उनको जिम्मेवारी खोसिएको थियो । यस अघि गत १४ चैत ०७८ मा नियुक्त भएका झा सुरुवातदेखि नै आर्थिक अपचलनमा क्रियाशील भएका कारण संस्थानले उनको कार्यकालको दुवै वर्ष नोक्सानी खेपेकोसमेत आरोप लाग्दै आएको थियो । संस्थाको वित्तिय विवरण केलाउने हो भने उनी बहालरत हुँदा डिडिसी ०७८/७९ मा ३७ करोड र ०७९/८० मा ६० करोड रुपैयाँ नोक्सानीमा गएको देखिन्छ । यस्तै मेसिन खरिदका लागि भन्दै १५ करोड रकम गोलमाल गरिएको बिषय पनि अनुसन्धानकै क्रममा छ ।

बिज्ञापन

अहिले यस्तै विवादित र भ्रष्ट छविका कर्मचारीलाई टिपेर फेरि उक्त संस्थाको हाकिम बनाउने खेल तमाम भएको छ । एकातिर झाको शैक्षिक योग्यतामाथि नै प्रश्न उठिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उनका बदमासीविरुद्ध उजुरी परेको छ । उनीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा ठगी, विश्वासघात तथा आपराधिक लाभ (एक्सटन)सम्बन्धी कसुर समेत दर्ता भएको छ । तिनै व्यक्तिलाई फेरि दुग्ध विकास संस्थान हाक्ने जिम्मेवारी सुम्पन लागिएको हो । झा डीडीसीमा आठौं तहका कर्मचारी हुन । यसरी एक पछाडि अर्काे भ्रष्टाचार र अनियमिततामा मुछिएका झालाई कृषि मन्त्री ज्वालाकुमारी साहले नियुक्ति गर्ने तयारी थालेकी छिन् । डीडीसीको हाकिम नियुक्ति गर्ने गठित सिफारिस समितिले अमर बहादुर थिङ, राजेन्द्र प्रसाद अधिकारी, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल, राम प्रसाद पौडेल, राम सोभित यादव, डा. रुपेन्द्र चौलागाई, डा. शितलकाजी श्रेष्ठ र श्रीराम न्यौपानेको नाम सिफारिस गरेकोमा झासँगै ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको छ । यीमध्ये उनै झाले बाजी मारे अनौठो नमाने हुन्छ,कृषि मन्त्रालयका एक अधिकारी भन्छन् । यस्तै नेपाल टेलिकममा पनि अनिल झाले नियुक्ति पाए अनौठो नमाने हुन्छ भन्छन् । पछिल्ला समय हुने राजनीतिक नियुक्ति योग्यता,विज्ञता कम र बोलकबोलमा रकम बुझाउन सक्नेले पाउँदै गएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष