अख्तियारकै आयुक्तको घरमा चिरीबाबुको डोजर

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले अख्तियारको आयुक्तकै घरमा डोजर चलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तको जिम्मेवारीमा रहेकी डा सुमित्रा अमात्यले गुठीको जग्गा मिचेर घर बनाएको भेटिएपछि ललितपुर महानगरपालिकाले उनको घरमा डोजर चलाएको छ ।

बिज्ञापन

ललितपुर महानगपालिकामा स्थानीय सम्पदा संरक्षण अभियानका साथैं स्थानीय बासिन्दाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा श्रेष्ठले गुठीको जग्गा मिचेर घर बनाएको उजुरी दिएका थिए ।

बिज्ञापन

महानगरको वडा नम्बर १० चाकुपाटस्थित उक्त घर मात्यले ०७८ सालमा किनेकी थिइन् । घरको जग्गा ५ आना ३ पैसा क्षेत्रफल रहेको घरले गुठीको जग्गा पनि ओगटेको महानगरको भनाई छ ।

गुठी परिवार र महानगरले बारम्बार पर्खाल भत्काउन आग्रह गरे पनि अटेर गरेपछि आज मेयर चिरिबाबु महर्जनको उपस्थितिमा डोजर लगाइएको हो ।

बिज्ञापन

आयुक्त अमात्यमाथि छानविनका क्रममा रहेका भ्रष्टाचारका मुद्धासम्बन्धी सूचनाहरु आरोपीसम्म पुर्याउने कार्य गर्दै आएको आरोप लाग्दै आएको छ । उनले अन्तःशुल्क स्टिकर छपाइ, टेरामेक्सलगायतका आधा दर्जन बढी मुद्दाहरुको गोप्य सुचना आरोपीसम्मै पुर्याएको आरोप छ । यो आरोप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ । उनले पदको दुरुपयोग गर्दै छानविनका क्रममा रहेका गोप्य सुचनाहरु निलम्बित मुख्यसचिव डा बैकुण्ठ अर्याल, पूर्व मुख्यसचिव तथा सरकारका सुरक्षा सल्लाहकार शंकरदास बैरागी र अर्थसचिव मधु मरासिनीसम्म पुर्याएको

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भिआइपी जोडिएको ई पासपोर्ट : परराष्ट्रकै २ दर्जन कर्मचारी भ्रष्टाचारमा तानिँदै

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

बिशेष