नक्कली कम्पनी खडा गरी ३२ सय केजी सुन तस्करी भएको सीआईबीको निष्कर्ष 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पछिल्लोपटक भएको सुन तस्करीको अनुसन्धान सकिएको जनाएको छ । प्रहरीले यस अघि भएको ६० केजी  सुन तस्करीमा पूर्व सभामुख  कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको जनाएको छ ।

बिज्ञापन

प्रहरीले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष सीईबीले निकालेको छ । ५ वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५ वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी गरेको पत्ता लागेको बताएको हो ।

बिज्ञापन

सीआईबीले यो तस्करी प्रकरणमा २५ जनालाई पक्राउ गरेको र तीमध्ये २४ जना पूर्पक्षका लागि थुनामा रहेको जानकारीसमेत दिएको छ । तस्करीमा संलग्न केही व्यक्ति अझै फरार छन् ।सीआईबीले अनुसन्धानपछि विभिन्न आठ अभियोगमा ४६ जना विरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको छ। उनीहरु विरुद्ध सुन तस्करी, संगठित अपराध, नेपाल राष्ट्र बैङ्क ऐन, फौजदारी अपराध संहिता, हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज किर्ते समेत आकर्षित हुने भएकाले उक्त अभियोग दाबी गरेर मुद्दा चलाउनुपर्ने राय सीआईबीको प्रतिवेदनले दिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि. बाट १ हजार ३ सय ३ दशमलव ९६५ केजी, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा. लि.बाट ६३२ दशमलव ७९५ केजी, चुंगाक इलेक्ट्रिक सप्लायर्स प्रा. लि.बाट ७१६ दशमलव ८३ केजी, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रा. लि.बाट १७० दशमलव ८ र रेडि ट्रेड प्रा लिबाट ७ दशमलव ५ केजी सुन पैठारी भएको बताएको हो । सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ ।

बिज्ञापन

यी  कम्पनीमार्फत कुल २ हजार ८३१ दशमलव ८९ केजी सुन र कुल परिणाम २७ अर्ब ३२ करोड २० लाख ७४ हजार ७२० रुपैयाँ हुन जाने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष