मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रचण्ड :- कुन- कुन मन्त्री ‘रेड जोन’मा ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ताको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचको भेटवार्ताले राष्ट्रिय राजनीति तरङ्गित भएको छ ।

बिज्ञापन

शनिवारकरिब ३ घण्टा ओली निवास बालकोटमा उनीहरूबिच भएको वार्ताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयुबारे संशय पैदा गराएको हो ।

बिज्ञापन

एमाले र काँग्रेसका एक तहका नेताहरुले साधरण भेटवार्ता मात्र भएको प्रतिक्रिया दिइरहेको भए पनि एउटा खेमाले ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेर जान सकिने परिस्थिति बनेको र यो संवादले सत्ता सहकार्यको ढोका भने खोलेको टिप्पणी गर्नेहरु छन् ।

उता,देउवा र ओलीबीच नयाँ सत्तासाझेदारीका बिषयमा छलफल चलिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी मा जुटेका छन् ।

बिज्ञापन

 

१७ गते गठबन्धन दलको बैठक बस्ने र १८ गते मन्त्रिपरिषद विस्तार गर्ने राजनीतिक तयारी चलिरहेको नेताहरुले जनाएका छन् ।सरकारलाई विश्वासका मत दिने जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल गराउँदा केही मन्त्रीहरु हटाउन लागेका हुन । मन्त्रीपरिषद् पुर्नगठन गरिँदा माओवादीका पूराना मन्त्रीहरु पनि हटाउने तयारी चलिरहेको छ ।

रञ्जिता श्रेष्ठ र सिके राउतका पार्टीबाट सरकारमा सामेल गराउन खोज्दा माओवादी र एमालेका मन्त्रीहरु फिर्ता बोलाएर सरकार पुर्नगठन गर्ने तयारी चल्दैछ । जसमा सिके राउतको दावी उद्योग मन्त्रालय रहेको छ तर केही अघि उक्त पार्टीलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन केपी ओलीले रवि लामिछानेमार्फत सन्देश पठाएका थिए । सिकेलाई उद्योग दिइएको खण्डमा परराष्ट्र एमालेले लिनेछ र उक्त मन्त्रालय सम्हालिरहेका माओवादीका सदाबहार मन्त्री सत्ताबाट आउट हुनेछन् ।

यस्तै रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पर्यटन मन्त्रालय दिने गरी छलफल भएको छ । पर्यटन मन्त्रालय नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिने प्रधानमन्त्री प्रचण्डले बचन दिइसकेकाले हितबहादुर तामाङ हटाउने सम्भावना धेरै छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ढुकुटीमा भार : उच्च पदस्थका ड्राइभरलाई नियमविपरीत मोटरसाइकल र इन्धन

अध्यादेश अस्वीकृत गर्न राष्ट्रपतिलाई जेनजी मुभमेन्टको आग्रह

बिचौलिया प्रकरणपछि सम्पत्ति शुद्धीकरण विभागमा नयाँ नेतृत्व, निर्मल ढकाल बने महानिर्देशक

कानुनविपरीत प्रयोग भएका ६२२ सरकारी सवारी फिर्ता

सरकार दुई तिहाईको,शासन अध्यादेशको

सामान्यको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारीमा ढोलकराज ढकाललाई

सामान्य सचिवलाई जिल्लाबासी,नातेदार कर्मचारीकै भर

सचिव काफ्लेको चलखेल रोकियो: काउन्सेलरमा बसन्त बोहोरा छनोट

बिशेष