के वर्तमान सत्ता गठबन्धन परिवर्तन हुन लागेको हो ?

हिजो असार १५, शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर केपी शर्मा ओलीले तीन घण्टा छलफल गरेपछि सरकारको नेतृत्व गरिरहेको माओवादी पङ्क्ति तरङ्गित छ।

बिज्ञापन

शनिबार अपरान्ह पुष्पलाल स्मृति प्रतिष्ठानले देशका साना ठूला सबै कम्युनिस्ट पार्टीका शीर्ष नेता एकै ठाउँमा भेला हुने कार्यक्रम तय थियो । सोही कार्यक्रममा अतिथीका रुपमा निमन्त्रण गरिएका थिए ओली । तर ओली उक्त कार्यक्रममा ओली आफू उपस्थित रहेनन् । उपाध्यक्ष युवराज ज्ञवालीले उक्त कार्यक्रममा पठाएका थिए । यता कम्युनिष्टहरुबीच एकताको कुरा चल्दै गर्दा उता  बालकोटमा दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच भएको छलफलमा देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन् ।

बिज्ञापन

धेरैले यो भेटघाटलाई तीन महिनामै सत्ता राजनीतिमा उथलपुथल हुन लागेको रुपमा औल्याएका छन् । यस अघि माओवादी र काँग्रेसको गठबन्धन सरकार थियो । उक्त गठबन्धन सरकार भत्काएर यो गठबन्धन बनेको थियो । ओली निवास बालकोटमा भएको दुई नेताबिचको छलफललाई लिएर तीन महिनामै फेरि सत्ता राजनीतिक उथलपुथल हुन लागेको हो कि भन्ने आशङ्का उब्जिएको हो ।

हिजोको भेटघाटको बिषयले माओवादी नेतृत्व संशकित छ । प्रधानमन्त्री प्रचण्डले ओलीलाई बिहानै फोन गरेर हिजोको बालकोट भेटबारेसमेत चासो राखेको थिए। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् ।

बिज्ञापन

त्यही विषयमा छलफल गर्नको लागि अहिले एमाले अध्यक्ष ओली,माओवादी अध्यक्ष प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच छलफल हुँदैछ ।एमाले र काँग्रेसका नेताहरुले बालकोटमा साधरण छलफल मात्र भएको दावी गरिरहे पनि उक्त भेटघाट पनि सरकारी गठबन्धनमा रहेका माओवादी भने संशकित छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष