भौतिकका इञ्जिनियर सेवाबाटै हटाइए

यातायात व्यवस्था विभागमा कार्यरत सिभिल इञ्जिनियर राहुल पंजियारलाई सेवाबाट हटाइएको छ ।
उनलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) को कसुरमा सोही ऐनको दफा ५९ (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सचिवस्तरीय निर्णयबाट सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूहको राहुल पञ्जियार (कर्मचारी संकेत नम्बर २४५६८२) रहेका पञ्जियार ६ महिनादेखि मन्त्रालयको सम्पर्कमा नआएको र सम्पर्कविहिन रहेका कारण उनलाई सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

गत बर्ष मंसिर १२ गतेदेखि पुस १ गतेसम्मको बिदा स्वीकृत गराएका उनी पुस ४ गते विभागमा हाजिर हुनुपर्नेमा बिना सूचना अनुपस्थित रहेसँगै मन्त्रालयले पटक पटक स्पष्टीकरण सोधेको थियो तर लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका स्पष्टीकरण सोध्दा सो को समेत जबाफ नदिएका उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष