महामन्त्रीको प्रतिवेदनले रास्वपामा भुइँचालो :-सोध्यो स्पष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री मुकुल ढकाललाई पार्टीले स्पष्टीकरण सोधेको छ ।  डा. मुकुल ढकालले पार्टीको जनमत नै नभएको भन्दै यस्तै हिसाबले अगाडि बढे विवेकशील साझा पार्टीजस्तो हालत हुने विश्लेषण गरेका छन् ।

बिज्ञापन

प्रतिवेदनमा ढकालले पार्टी अहिलेकै आधारमा निर्वाचनमा गए एक दुई सिट जित्न पनि हम्मेहम्मे पर्ने गम्भीर चिन्ता औंल्याएका छन् ।   ढकालले ‘वैकल्पिक राजनीतिक शक्तिको रुपमा उम्रिएको रास्वपा र रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ तयार पारेर पार्टी गठन र राजनीतिक अभियानको यो दुई वर्षमै रास्वपा ‘विवेकशील’ पार्टीको नियतिमा पुग्नै लागेको उनको निश्कर्ष छ।

बिज्ञापन

महामन्त्री ढकालले पेश गरेको प्रतिवेदन मिडियामा सार्वजनिक गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो । महामन्त्री ढकालले देशका ३८ जिल्ला घुमेर १ महिना लामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए । समीक्षा यात्रा नाम दिएर असार ५ गतेसम्म दुई हजार बढी मानिससँग प्रत्यक्ष साक्षात्कार गरेपछि तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाइएको उक्त बिषय पहिल्यै मिडियामा चुहाइएकोप्रति पार्टी ,सभापति उनीसँग बेखुस छन् ।
उक्त प्रतिवेदनका विषयमा पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ ।

दुई वर्षअघि स्थापना भएको रास्वपाका संस्थापक महामन्त्री हुन् ढकाल। कालीकोटका विकट ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा दिन रास्कोट अस्पताल बनाउने योजना अघि सारेका ढकाललाई लामिछानेले साथ दिए। उक्त अस्पताल निर्माणमा भएको खर्चको पारदर्शीतालाई लिएर समेत पटक पटक सामाजिक सञ्जालमार्फत प्रश्न उठ्दै आएको छ । झण्डै ८ करोड ५० लाख खर्चमा निर्माण भएको उक्त अस्पताल रवि लामिछाने फाउन्डेसन र रास्कोट कम्युनिटी हस्पिटलको संयोजनमा निर्माण भएको थियो ।

बिज्ञापन

उसो त पछिल्लो समय रास्वपामा सभापति लामिछानेसँग स्वर्णीम वाग्ले,महामन्त्री ढकाल, शिक्षा मन्त्री सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, सन्तोष परियार, तोसिमा कार्की, सोविता गौतम असन्तुष्ट रहेको निकटस्थहरू बताउँछन् ।

उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष दीपकराज बोहोरासहितका नेता भने प्रतिवेदन सार्वजनिक गर्न नहुने बताइरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष