बाह्रै मास चल्दै आएको कर्मचारी सरुवा हाललाई स्थगन

बाह्रै मास चल्दै आएको कर्मचारी सरुवाको धन्दा हाललाई स्थगन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाललाई कर्मचारी सरुवा स्थगन गरिएको जनाएको छ ।

बिज्ञापन

मन्त्रालय आफैले प्रचलित मान्यता र नियमलाई कुल्चिएर मनलाग्दी ढंगले सरुवा गर्दै आइरहेको थियो । पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशसन मन्त्री भानुभक्त जोशी छन् । सोझा मन्त्री जोशीको फाइदा उठाएर एकीकृत सरकारी कर्मचारी संगठनका नेताहरुले मनलाग्दी ढंगले कर्मचारी सरुवा गर्दै आइरहेका थिए । मन्त्रालयले गरिरहेको बेमौसमी सरुवाको कर्मचारी वृत्तबाटै आलोचना भइरहेको समयमा सामान्य प्रशासन मन्त्रालयले भने कर्मचारी सरुवासम्बन्धी प्रक्रिया स्थगन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवालाई व्यवस्थित गर्न नयाँ मापदण्ड बनाउनुपर्ने भएकाले हाललाई सबै प्रक्रिया स्थगित गरेको जानकारी दिएको छ ।

बिज्ञापन

सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा नहुने मन्त्रालयले जारी गरेको सूचनामा स्पस्ट पारेको छ । ‘नेपाल सरकार, सचिव बैठकको मिति २०८१–०३–०६ गतेको निर्णयानुसार कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरिएको व्यहोरा मिति २०८१–०३–०७ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष