मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने अख्तियारको तयारी,कर्मचारी वृत्तमा तरङ्ग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिवसहितका उच्च पदस्थलाई भ्रष्टाचार मुद्धा चलाउन खोजेको खबर बाहिरिएसँगै निजामती वृत्तमा हलचल मच्चिएको छ ।
एक पछि अर्काे गरी विभिन्न ६ वटा भ्रष्टाचार मुद्धामा अख्तियारमा पुगेर बयान दिइरहेका मुख्यसचिव बैकुण्ठ अर्याललाई प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाउन खोजेसँगै निजामती वृत्तमा हल्लीखल्ली मच्चिएको हो ।

बिज्ञापन

मुख्यसचिव अर्याल टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रकरण,नेपाल टेलिकमको बिलिङ प्रणालीका अलवा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक विकल पौडेलसँग अनुचित कारोबारमा समेत जोडिएका अर्याल मन्त्रिपरिषद्को निर्णय कीर्ते प्रकरणमा समेत जोडिएका छन् ।
यसरी एक पछाडि अर्काे कीर्ते प्रकरणमा जोडिएको र सेटिङबाटै मुख्यसचिवको कुर्सीमा पुगेका अर्यालविरुद्ध अख्तियारले आजै भ्रष्टाचार मुद्धा चलाउन लागेको हल्लाका कारण सिंहदरबारमा तरंग छाएको छ ।
टेरामेक्सको अर्बाैको खरिद प्रकरणमा जोडिएका अर्याललाई अन्त शुल्क स्टिकर छपाई प्रकरणमा जोडेर अख्तियारले मुद्धा लैजाने तयारी गरेको हो । यो ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्नका लागि ठेक्का प्रक्रिया थियो । विकल पौडेलहरुलाई पोस्ने गरी तत्कालीन सञ्चार सचिव अर्यालले यो प्रक्रिया अगाडि बढाएका थिए ।
अन्तशुल्क,टेरामेक्स लगायतका प्रकरणमा जोडिएका अर्याललाई प्रतिवादी बनाएर अख्तियारले आजै मुद्धा लैजाने तयारी गरिरहेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अर्यालविरुद्ध मुद्दा दायर भएको अवस्थामा उनी तत्काल मुख्यसचिवको जिम्मेवारीबाट निलम्बित हुनेछन् । मुद्दा दायर भएको अवस्थामा लगत्तै सरकारले अर्का सचिवलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने हुन्छ ।

बिज्ञापन

मुख्य सचिव अर्याल मोवाइल स्वीचड अफ गरेर बसेका छन् । उनी आइतबार कार्यालयमा समेत उपस्थित भएका छैनन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष