टेरामक्स प्रकरणमा विशेषमा मुद्धा लैजाँदै अख्तियार,को- को डामिँदैछन् ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा आजै विशेष अदालतमा मुद्धा लैजाने तयारी गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रकरणमा तत्कालीन मन्त्री र तत्कालीन सचिव जोडिएको टेरामक्स खरिद प्रकरणमा मुद्धा लैजाने तयारी गरेको हो ।

बिज्ञापन

नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए) ले झन्डै सवा तीन अर्ब रूपैयाँमा खरिद गरेको टेरामक्स प्रकरणमा जोडिएका तत्कालीन सञ्चार सचिव र हालका मुख्य सचिव बैकुण्ठ अर्यालसहित प्राधिकरणका संलग्न अधिकारीमाथि मुद्दा चल्ने बुझिएको छ । यो प्रकरणमा तीन पूर्वमन्त्री, मुख्य सचिवलगायत माथिको अनुसन्धान पूरा भएको भए पनि आयुक्तहरुबीच मतभेद चुलिँदा भ्रष्टाचार मुद्दा दर्ता प्रक्रिया अगाडि बढ्न सकेको थिएन । टेरामक्स अनियमितता प्रकरणमा तत्कालीन मन्त्रीहरु ज्ञानेन्द्रवहादुर कार्की र मोहन बस्नेतहरु समेत जोडिएका छन् ।उनीहरुलाई मुद्दा चलाउने बिषयमा आयोगका आयुक्तहरुको मत बाझिएको छ ।

बिज्ञापन

२०७४ सालमा भएको निर्णयका आधारमा २०७८ सालमा तत्कालीन सञ्चार सचिवका रूपमा वैकुण्ठ अर्यालले ग्रामीण दूरसञ्चार कोषको ७० करोड रुपैयाँ प्रयोग गरी टेरामक्स प्रविधि खरिद प्रक्रिया अघि बढाएका थिए । उनले नै २०७९ साल भदौमा १ अर्ब १५ करोड मूल्यबराबरका उपकरण भित्र्याएका । यो प्रकरणमा तत्कालीन मन्त्रीद्धय ज्ञानेन्द्रबहादुर कार्की,मोहन बस्नेत समेत जोडिएका छन् । उनीहरुलाई मुद्धा चलाउने बिषयमा अख्तियारका आयुक्तकाबीच मत भिन्नता रहँदै आएको छ । यस्तै यो प्रकरणमा बहालवाला मुख्यसचिव बैकुण्ठ अर्याल,सचिव विनोद सिंह,तत्कालीन सचिव महेन्द्रमान गुरुङ, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललगायत तानिएका छन् ।उनीहरुलाई पटक पटक अख्तियारले बयान समेत लिइसकेको छ । दुई दर्जनभन्दा बढीलाई प्रतिवादी बनाएर मुद्धा चलाउने तयारी गरिरहेको छ । आज नभए भोलिसम्ममा विशेषमा मुद्धा दर्ता हुने अख्तियार स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष