मन्त्रिपरिषद्को बैठक : क-कस्ले, कहाँ पाए नियुक्ति ?

हिजो बसेको क्याविनेटले विभिन्न नियुक्तिका निर्णयहरु गरेको छ । ८ देशका राजदुत,अवैतनिक वाणिज्यदूत,दुग्ध विकास वोर्ड र विद्युत नियमन आयोगहरुमा नियुक्तिको काम हिजैको क्याविनेटले टुंग्याएको छ ।

बिज्ञापन

रिक्त ११ मध्ये ८ देशका राजदूत सिफारिस हिजो टुंगिएको छ ।जसमा जसमा एमालेका ५, जनता समाजवादी पार्टी (जसपा)का २ र माओवादी केन्द्रबाट १ जना छन्।पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरिएको छ भने पूर्व सचिव चन्द्र घिमिरेलाई अमेरिका, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल र डेनमार्कका लागि सुम्निमा तुलाधर राजदूत सिफारिस भएका छन् । यसैगरी डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, नेत्रप्रसाद तिमल्सेना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरेबियाका लागि राजदूत सिफारिस गरिएको छ ।

बिज्ञापन

यस्का अलवा अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको कार्यक्षेत्र रहनेगरी सञ्जीवकुमार शर्मा र अष्ट्रेलियाको भिक्टोरिया राज्य कार्यक्षेत्र रहनेगरी निराजन गौलीलाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने ८० मिलियन डलरबराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय समेत हिजैको क्याविनेटले गरेको छ ।
यस्का अलवा सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ ।

यसैगरी प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत बैठकले गरेको छ । त्यसैगरी मन्त्रिपरिषद् बैठकले विद्युत् नियमन आयोगको अध्यक्षमा डा रामप्रसाद धिताल र सदस्यहरुमा मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय समेत हिजोको क्याविनेटले गरेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब कर्मचारीविरुद्ध मुद्दा चलाउदाँ सरकारको स्वीकृति अनिवार्य

ढुकुटीमा भार : उच्च पदस्थका ड्राइभरलाई नियमविपरीत मोटरसाइकल र इन्धन

अध्यादेश अस्वीकृत गर्न राष्ट्रपतिलाई जेनजी मुभमेन्टको आग्रह

बिचौलिया प्रकरणपछि सम्पत्ति शुद्धीकरण विभागमा नयाँ नेतृत्व, निर्मल ढकाल बने महानिर्देशक

कानुनविपरीत प्रयोग भएका ६२२ सरकारी सवारी फिर्ता

सरकार दुई तिहाईको,शासन अध्यादेशको

सामान्यको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारीमा ढोलकराज ढकाललाई

सामान्य सचिवलाई जिल्लाबासी,नातेदार कर्मचारीकै भर

बिशेष