यस्ता छन् सामान्य प्रशासन मन्त्रीका सय दिनका ३६ उपलव्धी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले मन्त्रालय सम्हालेको एक सय दिनमा गरेका ३६ वटा उपलव्धी सार्वजनिक गरेका छन् ।
मन्त्री जोशीले पहिलो नम्बरमा संघीय निजामती विद्येयक संघीय संसदमा प्रस्तुत भइ संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा दफादार छलफलका लागि गएको र यसै अधिवेशनमा पारित हुने बताएका छन् ।
मन्त्री जोशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतका ११ वटा मन्त्रालय तथा निकायको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी कूल दरबन्दी ८२९६ बाट २७६३ पद कटौती र ९६१ थप भइ ६४७४ दरबन्दी कायम भएको,७३५ निजामती कर्मचारी सन्ततीका लागि २१ करोड ९१ लाख छात्रवृत्ति प्रदान,स्टाफ कलेजबाट १९८० जना अधिकृत प्रशिक्षण सम्पन्न गरिएको,संघ।प्रदेश तथा स्थानीय तहका सहायकस्तरका कर्मचारीलाई ३० कार्यदिनको दुई वटा सेवाकालीन तालिम,यही अवधिमा स्थानीय विकास तालिम प्रतिष्ठानबाट १०४० प्रतिनिधि तथा कर्मचारीलाई तालिम दिइएको बिषयलाई उपलव्धीका रुपमा समावेश गरिएको छ ।

बिज्ञापन

निजामती सेवाका सबै कर्मचारीका लागि सिप तथा क्षमता विकासमा आवद्ध गर्ने गरी राष्ट्रिय तालिमको मस्यौदा तयार भएको,वडाको केन्द्र तथा सीमना हेरफेर सहजीकरण गर्ने गरी कार्यविधि तयार भएको, यस्तै गरी उनले प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्वन्धि मापदण्ड तयार भएर स्वीकृतिको चरणमा रहेको निजामती कर्मचारीको सरुवा तथा पदस्थापनसम्बन्धी मापदण्ड तयारीको चरणमा रहेको सुनाए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष