हाकिमले नै मदिरा पिएर होश गुमाएपछि…(भिडियोसहित)

कार्यालय प्रमुखले नै मदिरा पिएर होश गुमाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिनु परेको छ । आज सार्वजनिक बिदा । बिदाको अवसरमा बिहानै एक जना सरकारी हाकिमले अत्याधिक मदिरा सेवन गरे ।

बिज्ञापन

कार्यालय  नै क्वार्टर उपलब्ध गराएको छ। सरकारी क्वार्टरमै बसेर उनले मदिरा सेवन गरेको भिडिओमा देखिन्छ।  कार्यालय अगाडि बसेर हो हल्ला गरे । छाडा शब्द बोल्न थाले । उनका छाडा र अपशव्द सुन्न नसकेर स्थानीयहरुले जिल्ला प्रहरी र प्रशासनलाई खबर गरे ।आज बिहान कार्यालयमा मादक पदार्थ सेवन गरेर राजनीतिक दलका नेता, जनप्रतिनिधिलगायतको नामै तोकेर उनले अश्लिल गालीगलौज गरेका थिए । स्थानीयबाट त्यसको सूचना पाएपछि प्रहरीले उनलाई कार्यालयबाटै पक्रेको हो ।

बिज्ञापन

यस्तो घटना भएको हो रामेछापमा । प्रदेश मातहतको भू तथा जलाधार व्यवस्थापन कार्यालय,रामेछापको हाकिमको जिम्मेवारीमा छन्,सुरेश प्रसाद दाहाल । उनै दाहालले कार्यालय अगाडि रक्सी पिएर हो हल्ला गरेसँगै उनलाई स्थानीयहरुले प्रहरीलाई प्रशासनलाई खबर गरे । प्रहरीले आएर उनलाई नियन्त्रणमा लिएर सरकारी गाडीमा चढाएर लैजाने तयारी गर्दा समेत उनको मुख छाड्न छोडेनन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटाइएको टोलीले उनलाई बा १ झ ८३६१ नम्बरको सरकारी गाडीमा चढाएर जिल्ला प्रहरीले आफ्नो कार्यालयमा लगेको छ । उनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।एउटा कार्यालयको प्रमुखको जिम्मेवारीमा रहेका व्यक्ति बाह्रमासे जड्याहाभन्दा पनि तल गिरेर अत्याधिक मदिरा पिएर हो हल्ला गर्न थालेसँगै उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

 

सिडिओ कार्यालयले भने यो बिषयमा तालुक निकायलाई जानकारी गराउने जनाएको हो ।

दाहाल भू तथा जलाधार व्यवस्थापन कार्यालयमा प्रमुख भएर आएको लगभग दुई महिनामात्रै भयो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष