१३ अधिकृतको सरुवा,२ गृहबाट आउट,अधिकांश कामकाजमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

बिज्ञापन

गृहका शाखा अधिकृत विष्णुहरि तिमल्सिना गृहबाट बाहिरिएर निजामती कर्मचारी अस्पतालमा पुगेका छन् । गृह मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत हरि प्रसाद चपाइलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुगेका छन् । मन्त्रालयले काज सरुवा नभनीकन अधिकांश कर्मचारीको खटन पटन गरेको छ । जबकि निजामती सेवा ऐनमा कामकाजी सरुवाको मापदण्ड उल्लेख छैन । ऐनमा सरुवा, पदस्थापन र काज सरुवामात्रै उल्लेख छ ।

बिज्ञापन

अहिले सबैजसो मन्त्रालयमा काज सरुवाको अवस्था भद्रगोल छ । सामान्यकै अतिरिक्त समूहमा दरबन्दी रही कामकाजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सुदूरपश्चिम प्रदेशका इन्जिनियर करण सिंह बडाललाई शहरी विकास मन्त्रालय, शहरी विकास मन्त्रालय वा अन्तर्गतका इन्जिनियर कृष्ण थापालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गतमा र शहरी विकास मन्त्रालय वा अन्तर्गतका इन्जिनियर नारायण ओलीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)मा तानेर कामकाजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा पठाइएको छ ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराका शाखा अधिकृत खेमराज मरासिनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतमा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका शाखा अधिकृत शीतल बहादुर रावललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गतमा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत दीपक रिजाललाई सङ्घीय मामिला तथा सामान्य (अतिरिक्त समूह) मा दरबन्दी राखी काजमा विज्ञापन बोर्डमा, सङ्घीय मामिला तथा सामान्य (अतिरिक्त समूह)का शाखा अधिकृत मनिक मान महर्जनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत नमोनाथ प्रसाद यादवलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतमा र सङ्घीय मामिला तथा सामान्य मन्त्रालय (अतिरिक्त समूह)का शाखा अधिकृत बाबुराम पाण्डेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा दरबन्दी राखेर काजमा विज्ञापन बोर्डमा खटाइएको छ ।

बिज्ञापन

यस्तै खानेपानी मन्त्रालय वा अन्तर्गतका मेकानिकल इन्जिनियर राजेन्द्र कुमार ठकुरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गतका मेकानिकल इन्जिनियर सन्तोष मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

बिशेष