शाखा अधिकृतको जागिर सक्कली,प्रमाणपत्र नक्कली

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृतको नक्कली प्रमाणपत्र भएको पाइएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती अधिकृतविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढी,कैलालीमा कार्यरत शाखा अधिकृत (सातौं तह) लक्ष्मण शाहविरुद्ध नक्कली शैक्षिक योग्यतासम्बन्धी आरोपपत्र दायर भएको छ ।

बिज्ञापन

शाहले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषदबाट बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशनअन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको झुटो योग्यताको प्रमाणपत्र पेश गरी नेपालको सरकारी सेवामा नियुक्ति लिएको अख्तियारको आरोप छ ।

अख्तियारका अनुसार उक्त प्रमाणपत्र पेश गरी शुरुमा निजामती सेवाको कम्प्युटर अपरेटर पदमा प्रवेश गरेका उनी बढुवा हुँदै शाखा अधिकृतमा नियुक्त भएका हुन् । राष्ट्र सेवकको ओहोदा र लाभ प्राप्त गर्ने उद्देश्यका साथ उनले सो कार्य गरेको देखिएको उल्लेख गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ बमोजिम सजाय हुन मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।

बिज्ञापन

शाहले माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेश अन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको छानबिनबाट पुष्टि भएको अख्तियारको भनाइ छ ।

राष्ट्रसेवकको ओहदा तथा लाभ प्राप्त गर्ने उद्देश्यले निजामती सेवाको कम्प्युटर अपरेटर पदमा सुरु प्रवेश गरी बढुवा भई हाल शाखा अधिकृतमा बहाल रही भ्रष्टाचार निवारण ऐनबमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

अब अवधि नपुगी कर्मचारीको सरुवा गर्न नपाइने

उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

नेपालको निजामती सेवा ऐन ,संशोधन र सम्भावनाहरू 

बिशेष