अर्काे मेयरविरुद्ध ३० करोड भ्रष्टाचारको मुद्धा

गोदावरी नगरपालिकाको मेयर,उपमेयरसहितका कर्मचारीविरुद्ध अर्वौ भ्रष्टाचार मुद्धा चलाएको अख्तियारले अर्काे बहालवाल मेयरविरुद्ध दोश्रो मुद्धा चलाएको छ ।

बिज्ञापन

यस अघि नै भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ ।
गत चैत २८ गते अख्तियारले गैरकानूनी रुपमा सम्पत्ति आयआर्जन गरेको भन्दै पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो मागदाबीसहित प्रमुख थापाविरुद्ध मुद्दा हालेसँगै उनी निलम्बनमा परेका छन् ।

बिज्ञापन

उनै थापासहितका जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रतिवादी बनाउँदै अख्तियारले दोश्रो भ्रष्टाचार मुद्धा आज चलाएको हो । अख्तियारले आज आज विशेष अदालत काठमाडौंमा उनीसहित ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इञ्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

बिज्ञापन

बागमती नगरपालिका–४ र १२ मा अवस्थित बागमती माछापोखरी (भरत ताल) निर्माण गर्दा उत्खनन् गरिएको ढुंगा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थको बिक्रीवितरणमा उनीहरुले करोडौं भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष