पालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीयसहित १४ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियारले अर्काे स्थानीय तहको तत्कालीन अध्यक्ष,उपाध्यक्ष,कर्मचारी सहित १४ उपर भ्रष्टाचार मुद्धा चलाएको छ ।

बिज्ञापन

अख्तियारले नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव भन्ने शोभा कुमारीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनीयर कृष्णा साह, सब इन्जिनियर सन्तोषकुमार यादव समेत १४ जनाउपर सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले मधेस प्रदेश सरकारको सांसद् अनुदानबाट रामजाकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो काम पूरा गर्नका लागि दिएको रकमबाट कुनै पनि काम नगरी हिनामिना गरेको पाइएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

आर्थिक वर्ष २०७७/०७८ मा उक्त विद्यालयको अपूरो कार्य पूरा गर्ने योजनामा विद्यालय भवनको काम नै नगरी गरेको भनेर १४ लाख ५१ हजार ५५१ रुपैयाँ हिनामिना गरेको निष्कर्षसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायाण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाह, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष मदन यादव, वडा नम्बर ५ का तत्कालीन वडाध्यक्ष मनोजकुमार यादव, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष खुशीलाल साह समेतलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भिआइपी जोडिएको ई पासपोर्ट : परराष्ट्रकै २ दर्जन कर्मचारी भ्रष्टाचारमा तानिँदै

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

बिशेष