खेताला लगाएर ट्रायल परीक्षा,राधेराधेमा अनगिन्ती रमिता

विदेशमा भएको व्यक्तिको नाममा समेत यहाँ खेतालाले ट्रायल दिएर लाइसेन्स निकाल्दै आएको राधेरोध यातायातले अर्काे रमिता देखाएको छ । क्यानडामा भएको व्यक्तिको नाममा खेतालाले परीक्षा दिएर उत्र्तीण भइ लाइसेन्स दिइएको बिषय अख्तियारमा पुगेका छ । अघिल्लो दिन यस अघि रोकिएको प्रयोगात्मक,लिखित परीक्षाका अलवा राजश्व लिने कार्य हुने सूचना निकालियो अनि मसी नसुक्दै कस्को के सेटिङ मिलेन र फेरि स्थगित भयो । होइन भने सरकारी ओहदामा बस्नेहरुले गर्ने निर्णय भनेको बच्चाको भाँडाकुटी खेलजस्तो हो ?

बिज्ञापन

आजीवन यातायातमा घुरेर जागिर खाएका अधिकृत छैटौंद्वय जीवन बस्नेत र विनोद बस्नेत अहिले सोही कार्यालयका हर्ताकर्ता हुन् । खोटाङ जन्मघर भएका बस्नेतले सोलुमा गाविस सचिव हुँदा नै भक्तपुर ठिमीमा घर बनाउन सफल भएको र बिनोद बस्नेत सोलुमै गाविस सचिव हुँदा बालकोटमा बंगला ठड्याएको सहकर्मीहरू बताउँछन् ।

बिज्ञापन

काठमाडौं उपत्यकामा रहेका पाँचवटा ट्रायल सेन्टर २० दिनयता बन्द छन्। ट्रायल सेन्टर बन्द हुँदा करिब ५ हजार सेवाग्राही मर्कामा परेका छन्। यसैबीच राधेराधे यातायात कार्यालयले २५ गते एक सूचना प्रकाशन गरी जेठ ३ गतेबाट बन्द रहेको ट्रायल जेठ २६ बाट सुचारु हुने जनाइएको थियो । उक्त सूचना अनुसार,नयाँ बर्ग थप तथा रिट्रायलको राजश्व आइतबार लिने कार्यतालिका सार्वजनिक गरिएको थियो भने ३ जेठमा स्थगित भएको ए के बी बर्गको प्रयोगात्मक परीक्षा ३१ जेठमा लिइने कार्यतालिका सार्वजनिक भएको थियो । ३ जेठमा स्थगित भएको लिखित परीक्षामा उत्र्तिणहरुको प्रयोगात्मक परीक्षा ३२ गते हुने जनाइएको थियो ।

तर भोलिपल्टै प्राविधिक कारण देखाएर सम्पूर्ण सेवाहरु अर्काे सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको जनाइएको छ । उपत्यकाका पाँचवटा ट्रायल सेन्टरहरूले गत जेठ ४ गतेदेखि सवारीचालक अनुमतिपत्रका लागि लिने प्रयोगात्मक परीक्षा (ट्रायल) को सेवा बन्द गरेका हुन्। राष्ट्रिय सतर्कता केन्द्रका अनुसार केन्द्रको निर्देशनपछि इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुना तथा भक्तपुरको बुढाथोकी ड्राइभिङ सेन्टरले ट्रायल सेवा बन्द गरेका हुन्। ट्रायल सेन्टर बन्द हुँदा लिखित परीक्षा पास भई प्रयोगात्मक परीक्षाको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्। गत जेठ ४ गते उपत्यकाका पाँच सेन्टरबाट करिब दुई हजार परीक्षार्थीको प्रयोगात्मक परीक्षा लिने तयारी भएको थियो। तर प्रयोगात्मक परीक्षा लिन उपत्यका ट्राफिक कार्यालयले आफ्ना प्रतिनिधि नपठाएपछि ट्रायल सेन्टरहरूले अकस्मात् प्रयोगात्मक परीक्षा बन्द गरेका थिए।

बिज्ञापन

भक्तपुरको राधेराधेस्थित ईजी–वे ट्रायल सेन्टर प्रालिमा ठगीधन्दाको बिषयमा उजुरी परेको भए पनि ठूलै नेताको समेत लगानी रहेको कारण यस्लाई कारवाहीको दायरामा ल्याउन सकिएको छैन । लामो समयदेखि एकाधिकार जमाएर बसेको ईजी–वेले ट्रायलका निम्ति पुग्नेसँग चर्को रकम असुल्दै आएको छ । उक्त ट्रायलमा जानुअघि आधा घण्टा स्कुटर सिकेको एक हजार रुपैयाँ असुल्ने गरिएको छ । त्यो पनि तीन राउण्डभन्दा बढी घुमाउन दिने गरिएको छैन । सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षाको अनुमति ईजी–वेलाई मात्र दिइएकाले मनोमानी शुल्क लिइएको सहजै अनुमान लगाउन सकिन्छ ।यस्तै बदनाम ट्रायल सेन्टरका बिषयमा सर्तकता केन्द्रले एक्सन लिएसँगै ती ट्रायल सेन्टरहरु बन्द छन् । यीनलाई लगाम लगायन वा चलाउन सक्ने हुति भएका हाकिमहरु भेटिएका छैनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष