कर्मचारी नेताको दादागिरी – हाकिममाथि हातपात,उल्टै प्रहरीमा उजुरी

एक जना कर्मचारी नेताले आफ्नै हाकिममाथि हातपात र कुटपिट गरेर उल्टै प्रहरीकहाँ निवेदन बोकेर पुगेको भेटिएको छ ।

बिज्ञापन

प्रंसग हो,त्रिभुवन विमानस्थतलको । निगमको सरसफाइ शाखाका हाकिम कर्मचारी ट्रेड युनियनका नेताबाट कुटिएका हुन । एउटा महिला कर्मचारीलाई नाइट सिफट्मा नियुक्ति र अतिरिक्त भत्ताको व्यवस्था गर्न नमान्दा कर्मचारुीका नेताले विमानस्थलको त्तिआन्तरिक टर्मिनलको भीभीआईपी कक्षअगाडिको निगमको कार्यालयमा सफाइ शाखाका प्रमुख श्यामकृष्ण पालिखेमाथि हातपात गरेका हुन ।

बिज्ञापन

यसरी आफ्नै हाकिममाथि जाइलाग्ने कर्मचारी नेता हुन, मानबहादुर कुँवर। उनी नेपाली कांग्रेसनिकट नेपाल वायुसेवा निगम कर्मचारी संघ केन्द्रीय कार्य समितिका अध्यक्ष हुन्। उनै कुँवरले पालिखेमाथि हातपात गरेको विमानस्थलका कर्मचारीहरुले बताएका छन् ।

हातपातको कारण एउटा महिला कर्मचारी रहेको बताइएको छ । कुँवरले एक जना कर्मचारीलाई रात्रिकालीन ड्युटी मिलाइदिन र त्यसवापत ओभरटाइमको भत्ता पनि व्यवस्था गरिदिन सिफारिस गरे। यही बिषयमा तीन महिनादेखि नै उनले दबाब दिँदै आएका थिए । सो दिन पनि त्यही माग लिएर पालिखेको कार्यकक्षमा पुगेका थिए । तर पालिखे महिलालाई रात्रीकालीन सत्रमा नराख्ने बताइरहेपछि कुँवरले पालिखेमाथि हातपात गरेका हुन ।

बिज्ञापन

यसरी आफ्नै हाकिमलाई कुटपिट गरेर उल्टै उनी हाकिमका विरुद्ध निवेदन बोकेर गौशालास्थित प्रहरी वृत्तमा पुगेको बताइएको छ । अहिले घटनामा संलग्न कर्मचारीलाई नियमानुसार तत्काल निलम्बन गरी छानबिन गर्ने प्रक्रिया अगाडि बढेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

बिशेष