सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
बिज्ञापन
अघिल्लो पटक कांग्रेसको कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाइएको हो ।
बिज्ञापन
जसअनुसार भारतमा डा शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य,साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा डा रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् । उनीहरु शेरबहादुर देउवा सरकारले नियुक्त गरेको थियो । यस्का अलवा पोर्चुगलका लागि नेपाली राजदूत शनिल नेपालको नियुक्तिसमेत रद्द गरिएको छ ।
त्यसबेला सिफारिस भएर नियुक्ति पाएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रसियाका लागि मिलन तुलाधरलाई भने फिर्ता बोलाइएको छैन ।
बिज्ञापन



























