सरुवामा मनपरी :-११ औं तहका लाई हटाएर कनिष्ठलाई हाकिमको कुर्सी

आफ्नै नेतालाई पार्टी फुटाएर प्रतिस्थापन गरेका नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्यका कर्मचारी सरुवामा मनलाग्दी गर्न थालेका छन् ।नव नियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवले सिनियर कर्मचारीलाई जिम्मेवारीबाट हटाएर कनिष्ठलाई जिम्मेवारी दिँदै खटन पटनमा मनलाग्दी सरुवा प्रारम्भ गरेका छन् ।

बिज्ञापन

मन्त्री यादवले ११ औं तहका हाकिमलाई जिम्मेवारीबाट खोसेर त्यहाँ १० औं तहका कर्मचारीलाई कार्यालय प्रमुख बनाएर खटाएका हुन । कोशी अस्पतालको प्रमुखका रुपमा कार्यरत मेसु डा चन्द्रभाल झालाई हटाएर सो ठाउँमा १० औं तहका डा रविनराज सिंहलाई खटाइएको छ । यस्तै जात्रा भरतपुर अस्पतालमा पनि गरिएको छ । निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा कृष्ण प्रसाद पौडेललाई दिएको छ । ११ औं तहकै डा. श्रीराम तिवारीलाई भरतपुर अस्पतालको मेसुबाट हटाएका छन् ।

बिज्ञापन

मन्त्रालयको निर्णय अनुसार आयुर्वेद विभागको निर्देशकको जिम्मेवारी डा प्रदीप केसीलाई दिएको छ । उनी यस अघि सिंहदरवार आयुर्वेद औषधालयको प्रमुख थिए ।

यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी यदुचन्द्र घिमिरेलाई दिएको छ भने, भयो भन्दा पहिले भरतपुर अस्पतालमा डा श्रीराम तिवारी प्रमुख थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष