डेढ करोड अकुतमा डामिएका इञ्जिनियरलाई विशेषको ‘क्लिन चिट’

डेढ करोड अकुत आर्जनमा मुछिएका इञ्जिनियरले मुद्धा चलेको ११ महिना पछि सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बर्ष असार
७ गते गैरकानुनी सम्पत्ति कमाएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जीनियर कृष्णप्रसाद यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले यादवविरुद्ध एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ बिगो, त्यति नै जरिवाना र स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाइएको जायजेथा जफत तथा कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेकोमा विशेष अदालतले मंगलबार सफाइ दिएको हो ।

बिज्ञापन

यादव २०४८ फागुन १ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका यादव २०७९ जेठ १ गतेसम्म सेवामा वहाल थिए । उनी पदमा रहँदा तीन करोड १३ लाख ९८ हजार पाँच सय ९४ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको, वैध आयको तुलनामा लगानी तथा खर्च बढी रहेको तथा त्यसको कुनै स्रोत समेत नखुलेको पाइएको भन्दै एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ सम्पत्तिको स्रोत नखुलेका कारण सोही रकम बराबरको बिगो कायम गरी अख्तियारले मुद्धा चलाएको थियो ।

बिज्ञापन

अख्तियारले श्रीमती मंजु देवी यादवसमेतको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिद लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति विगो जफत गरी उनलाई पनि प्रतिवादी बनाइएकोमा बिशेषले उनलाई पनि सफाइ दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

अब अवधि नपुगी कर्मचारीको सरुवा गर्न नपाइने

उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

बिशेष