३० हजार डलर घुस माग्ने हाकिमलाई बयानका लागि २ नम्बरको पिलरमा बोलायो

पदमा बहाल रहँदा एक व्यवसायीक घरानासँग ३० हजार डलर घुस मागेको आरोप लागेका एक पूर्व हाकिमलाई तीस दिनभित्र बयान दिनका लागि अख्तियारमा उपस्थित हुन सार्वजनिक सूचना निकालिएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक तथा चार्टर्ड एकाउण्टेण्ट सुवोधकुमार कर्णलाई उपस्थित हुन ३० दिने सार्वजनिक सूचना जारी गरेको हो । ०७६ सालमै नेपाल राष्ट्र बैंकका संचालक हुँदा चार्टड एकाउन्टेण्ड सुवोधकुमार कर्णले एक व्यवसायीक घरानाको मुद्धा सल्टाइदिने भन्दै घुस मागेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनका नाममा तीस दिने सार्वजनिक सूचना निकालेको हो । पटक पटक पत्र पठाउँदा र फोन सम्पर्क गर्दा पनि कर्ण उपस्थित नभएपछि आज सार्वजनिक सूचना निकाल्दै ३० दिनभित्र आयोगको २ नम्बरको पिलरमा सम्पर्क गर्न सूचनामा भनिएको छ ।

बिज्ञापन

कर्णले बैंक सञ्चालक समिति सदस्य हुँदा विनोद चौधरीका जेठा छोरा निर्वाणसँग ३० हजार डलर घुस मागेको उजुरीमाथि आयोगले छानबिन गरिरहेको जनाएको छ । कर्णले २०७६ सालमा चौधरी ग्रुपसँग घुस रकम माग गरेको उनीमाथि आरोप छ । कर्णले चौधरीका केन्द्रीय बैंकमा अड्किएका विदेशी मुद्रासम्बन्धी फाइलको गाँठो फुकाइदिने वाचाका साथ घुस मागेको तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक कार्यक्रममा बताएका थिए । चौधरी ग्रुपको लगानी लेखाङ्कन नभएको लगायतको विषय सल्टाइदिने भन्दै उनले घुस माग गरेको आरोप रहेको छ । मन्त्रीले उक्त भनाइ राखेको बेलुकी नै गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको थियो ।

उनको मातापिताको नाम, नागरिकता नम्बर र स्थायी ठेगाना खुलाएर जारी गरिएको सूचनापछि पनि ३० दिनभित्र सम्पर्क राख्न नगएमा कानुनबमोजिम कारबाही गरिने उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

बिशेष